नाटकीय पेनाल्टी सुटआउट

काठमाडौं। खेलजस्तै नाटकीय बन्यो मोरक्को र नेदरल्यान्ड्सबीचको पेनाल्टी सुटआउट।
तनावपूर्ण टाइब्रेकरमा दुवै टोलीले एकपछि अर्को पेनाल्टी खेर फाल्दा अन्ततः मोरक्कोले ३–२ को अन्तरले जित निकाल्दै नेदरल्यान्ड्सलाई विश्वकपबाट बाहिर्याएको छ।
निर्धारित समय र अतिरिक्त समयमा खेलको नतिजा ननिस्किएपछि खेलको फैसला टाइब्रेकरबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा सुरुदेखि नै दुवै टोली दबाबमा देखिए। मोरक्कोले पेनाल्टी गुमाउँदा नेदरल्यान्ड्सले पनि त्यसको फाइदा उठाउन सकेन र लगातार अवसर खेर फाल्यो।
रोमाञ्चक प्रतिस्पर्धापछि दुवै टोलीले पाँच–पाँचवटा पेनाल्टी प्रहार गरे। त्यसमा मोरक्कोले तीन गोल गर्न सफल हुँदा नेदरल्यान्ड्सले दुई गोल मात्र गर्न सक्यो। ३–२ को टाइब्रेकर जितसँगै मोरक्कोले विश्वकपको अर्को चरणमा स्थान सुरक्षित गर्यो भने नेदरल्यान्ड्सको यात्रा दोस्रो चरणमै समाप्त भयो।









-1787661904658.jpeg&w=3840&q=75)


