जापानविरुद्ध सुरुआती ११ मा परेनन् नेयमार

फिफा विश्वकपको राउन्ड अफ ३२ अन्तर्गत पाँच पटकको विश्वविजेता ब्राजिलले जापानसँग प्रतिस्पर्धा गर्दैछ।
समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध चोटमुक्त भएर वैकल्पिक खेलाडीका रूपमा मैदान फर्किएका नेयमार आजको महत्त्वपूर्ण खेलमा पनि सुरुआती ११ मा परेका छैनन्।
ह्युस्टन स्टेडियममा हुने यस रोमाञ्चक भिडन्तअघि ब्राजिलको सम्भावित पहिलो रोजाइको टोलीबारे सबैभन्दा धेरै चर्चा नेयमारलाई लिएर भएको थियो। मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले उनको फिटनेसप्रति सकारात्मक संकेत दिएका कारण धेरै समर्थकले उनलाई सुरुदेखि नै मैदानमा देख्ने अपेक्षा गरेका थिए।
तर‚ प्रशिक्षकले उनलाई सुरुआती टोलीमा नराख्ने निर्णय गरेका छन्। ब्राजिलको गोलपोस्टको जिम्मेवारी अनुभवी गोलरक्षक एलिसनले सम्हाल्नेछन्।
रक्षापंक्तिमा डानिलो, मार्किन्होस, गाब्रिएल र डगलस सान्तोस रहनेछन्। मध्यपंक्तिमा कासेमिरो, ब्रुनो गिमारेस र लुकास पाकेटा खेल्नेछन्। आक्रमणको जिम्मा रायन, भिनिसियस जुनियर र म्याथ्यू कुन्हाले सम्हाल्नेछन्।
ब्राजिलको सुरुआती ११:
एलिसन‚ डानिलो, मार्किन्होस, गाब्रिएल, डगलस सान्तोस‚ कासेमिरो, ब्रुनो गिमारेस, लुकास पाकेटा‚ रायन, भिनिसियस जुनियर, म्याथ्यू कुन्हा।









-1787661904658.jpeg&w=3840&q=75)


