सोमबार, ०८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सहज छैन ब्राजिललाई छैटौं विश्वकप उठाउन

सोमबार, १५ असार २०८३खेलपाटी संवाददाता
सहज छैन ब्राजिललाई छैटौं विश्वकप उठाउन
Loading ad...
mustang rice ad

पाँच पटकको विश्वकप विजेता ब्राजिलले जापानविरुद्धको खेलबाट विश्वकपको नकआउट चरणको यात्रा सुरु गर्दैछ।

प्रशिक्षक कार्लो एर्न्सेलोटीको नेतृत्वमा छैटौं विश्वकप उपाधिको लक्ष्य राखेको ब्राजिलका लागि अब प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ।

अबको कुनै पनि खेलमा हार बेहोरे ब्राजिलको उपाधि यात्रा तत्काल समाप्त हुनेछ। ब्राजिल र जापानबीच अन्तिम ३२ को खेल सोमबार राति ह्युस्टन स्टेडियममा हुनेछ। जापानलाई पराजित गर्न सके पनि ब्राजिलको आगामी यात्रा अझ कठिन हुने निश्चित छ।

download - 2026-06-25T060044.558

एर्न्सेलोटीले पनि नकआउट चरणमा प्रत्येक खेल चुनौतीपूर्ण हुने स्वीकार गरेका छन्। यद्यपि‚ उनको सम्पूर्ण ध्यान अहिले जापानविरुद्धको खेलमै केन्द्रित छ। जापानलाई हराए ब्राजिलले अन्तिम १६ मा स्थान बनाउनेछ।

ब्राजिलले सन् २००२ मा आफ्नो पाँचौं तथा हालसम्मको अन्तिम विश्वकप उपाधि जितेको थियो। त्यसयता २४ वर्षदेखि टोली विश्व च्याम्पियन बन्ने प्रतीक्षा गरिरहेको छ।

२०१४ को सेमिफाइनलबाहेक पछिल्ला चार संस्करणमा ब्राजिल क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन। यसपटक ४८ टोली सहभागी भएकाले उपाधिसम्म पुग्न अन्तिम ३२ र अन्तिम १६ दुवै चरण पार गर्नुपर्नेछ।

download - 2026-06-25T060707.551

यदि ब्राजिलले जापानलाई हरायो भने अन्तिम १६ मा उसको सामना नर्वे वा आइभरी कोस्टमध्ये एक टोलीसँग हुनेछ। यी दुई टोलीबीचको अन्तिम ३२ को खेल मंगलबार राति हुनेछ। त्यस खेलको विजेताले ब्राजिल–जापान खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

क्वार्टरफाइनलमा पुगेमा ब्राजिलले इङ्ल्यान्ड वा कंगोमध्ये एक टोलीसँग खेल्ने सम्भावना छ। इतिहास र वर्तमान प्रदर्शनका आधारमा इङ्ल्यान्डसँगको भेट हुने सम्भावना बढी देखिएको छ। यदि सबै समीकरण ब्राजिलको पक्षमा रह्यो भने सेमिफाइनलमा उसको सामना साबिक विजेता अर्जेन्टिनासँग हुन सक्छ।

2840

लिओनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाले समूह चरणका सबै खेल जित्दै नकआउटमा स्थान सुरक्षित गरेको छ। अन्तिम ३२ मा अर्जेन्टिनाले पहिलोपटक विश्वकप खेल्दै इतिहास बनाएको केप भर्डेसँग खेल्नेछ। दुवै टोलीले आफ्नो–आफ्नो खेल जितेमा सेमिफाइनलमा विश्व फुटबलका दुई चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाबीच बहुप्रतीक्षित भिडन्त हुन सक्छ।

यदि यस्तो भेट भयो भने फुटबल समर्थकहरूले आफ्ना मनपर्ने दुई टोलीमध्ये एकको यात्रा त्यहीँ समाप्त भएको देख्नुपर्नेछ। ब्राजिल–अर्जेन्टिना खेलको विजेताले जुलाई १९ को राति हुने फाइनलमा स्थान बनाउनेछ।

उल्लेखनीय छ, ब्राजिलले समूह ‘सी’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। समूह चरणको पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेले पनि त्यसपछि हाइटी र स्कटल्यान्डलाई समान ३–० ले पराजित गर्दै टोलीले उत्कृष्ट लय कायम गरेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल

जोगियो लिभरपुल

जोगियो लिभरपुल

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

Loading ad...
xTreme Energy Drink
मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल

पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

जोगियो लिभरपुल

जोगियो लिभरपुल

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक