सोमबार, ०८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेयमारमाथि ब्राजिलको अपेक्षा

सोमबार, १५ असार २०८३खेलपाटी संवाददाता
नेयमारमाथि ब्राजिलको अपेक्षा
Loading ad...
mustang rice ad

विश्वकपमा उपाधिको लक्ष्य राखेको ब्राजिलले सोमबार जापानविरुद्धको खेलबाट नकआउट चरणको यात्रा सुरु गर्दैछ।

ह्युस्टन स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति १०:४५ बजे हुनेछ। प्रशिक्षक कार्लो एन्सेलोटीले अघिल्लो खेलको सुरुआती टोलीमा धेरै परिवर्तन नगर्ने संकेत दिएका छन्।

ब्राजिलका समर्थकका लागि सकारात्मक खबर भने नेयमार जुनियरको अवस्थासँग सम्बन्धित छ। चोटबाट पुनरागमन गरिरहेका नेयमारले जापानविरुद्ध अघिल्लो खेलभन्दा बढी समय मैदानमा बिताउने सम्भावना रहेको एन्सेलोटीले बताएका छन्।

brazil-during-anthem-wc26-20260629144159

नेयमारको पुनःस्थापनाको प्रगतिको प्रशंसा गर्दै एन्सेलोटीले भने,‘पछिल्लो एक सातामा उनको अवस्थामा उल्लेखनीय सुधार आएको छ। अघिल्लो खेलमा दुर्भाग्यवश उनले १५ मिनेटभन्दा बढी खेल्न पाएनन्। अहिले भने उनी धेरै समय खेल्न सक्ने अवस्थामा पुगेका छन्।’

जापानविरुद्धको सम्भावित टोलीबारे स्पष्ट जानकारी नदिए पनि एन्सेलोटीले ठूलो परिवर्तन नहुने संकेत दिएका छन्। ‘हाम्रो टोलीमा धेरै परिवर्तन गर्नुपर्छ जस्तो लाग्दैन। अन्तिम निर्णय अन्तिम प्रशिक्षणपछि हुनेछ। अहिले हाम्रो सम्पूर्ण ध्यान खेलमै केन्द्रित छ। हामी निकै अनुशासित र बलियो प्रतिद्वन्द्वीविरुद्ध खेल्दैछौं, त्यसैले मैदानमा के गर्नुपर्छ भन्नेबारे हामी स्पष्ट छौं,’उनले भने।

730354278_2080659379554033_8758596704337713469_n

समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध मैदान उत्रिएको टोली नै लगभग कायम रहने अपेक्षा गरिएको छ। विशेषगरी रक्षापंक्ति, मिडफिल्ड र आक्रमणमा एन्सेलोटीले आफ्नो मनपर्ने संयोजन फेला पारेको देखिन्छ।

चोट लाग्नुअघि राफिन्हाले बायाँ विंगमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका थिएनन्। उनको स्थानमा स्कटल्यान्डविरुद्ध खेलेका रायानले प्रभावशाली प्रदर्शन गर्दै प्रशिक्षकको विश्वास जितेका छन्। यस्तै, अघिल्लो खेलमा ७५औं मिनेटमा मैदान प्रवेश गरेका नेयमारले यसपटक अझ बढी समय खेल्ने सम्भावना छ।

ब्राजिलको सम्भावित सुरुआती टोली:

एलिसन बेकर (गोलकिपर)‚ डानिलो, मार्किन्होस, गाब्रिएल मागाल्हाइस, डगलस सान्तोस‚ कासेमिरो, ब्रुनो गिमाराएस, लुकास पाकेता‚ रायान, म्याथियस कुन्हा र भिनिसियस जुनियर।

PRJ3RBHKUNLXRHBAFHM3MTPLU4

ब्राजिल र जापानबीच हालसम्म १४ पटक प्रतिस्पर्धा भएको छ। तीमध्ये ब्राजिलले ११ खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएका छन्। जापानले एक खेल जितेको छ। यद्यपि‚ पछिल्लो भेटको सम्झना भने ब्राजिलका लागि सुखद् छैन।

सन् २०२५ को अक्टोबरमा विश्वकप तयारीका क्रममा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई ३–२ ले पराजित गरेको थियो। त्यो ब्राजिलविरुद्ध जापानको पहिलो जित मात्र नभई ब्राजिलको पोस्टमा जापानले गरेको सर्वाधिक गोल पनि थियो। त्यसैले उत्कृष्ट हेड–टु–हेडमा रेकर्ड भए पनि एन्सेलोटीको टोली जापानलाई कुनै हालतमा कमजोर आँक्ने पक्षमा छैन।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल

जोगियो लिभरपुल

जोगियो लिभरपुल

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

Loading ad...
xTreme Energy Drink
मेसीलाई जरिवाना, रोनाल्डोले  पहिलो खेलमै गरे गोल

मेसीलाई जरिवाना, रोनाल्डोले पहिलो खेलमै गरे गोल

पहिलो जितको खोजिमा नेपाल

पहिलो जितको खोजिमा नेपाल

जोगियो लिभरपुल

जोगियो लिभरपुल

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

बार्सिलोनाको उपाधि रक्षा अभियानमा सानदार सुरुआत

सिटीको संघर्षपूर्ण जित

सिटीको संघर्षपूर्ण जित

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

डट्स ई–स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

खम्बूले बंगलादेशमा चेस प्रशिक्षकलाई प्रशिक्षण दिने

एनभीएलको ट्रफी सार्वजनिक

एनभीएलको ट्रफी सार्वजनिक