२८ टोली नकआउट चरणमा, ८ टोली कुर्दै

फिफा विश्वकप २०२६ को समूह चरण समाप्त हुने क्रममा छ। शनिबार रातिदेखि आइतबार बिहानसम्म तीन समूहका अन्तिम ६ खेल सम्पन्न भएपछि प्रतियोगिता ४८ टोलीबाट ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछ।
हालसम्म २८ राष्ट्रले राउन्ड अफ ३२ मा स्थान सुनिश्चित गरिसकेका छन्। यसैबीच‚ १२ टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् भने बाँकी ८ टोली अन्तिम चार स्थानका लागि प्रतिस्पर्धामा छन्।
आइतबार बिहानसम्म बाँकी चार टोलीको पनि टुंगो लाग्नेछ। प्रतियोगिताको नयाँ ढाँचाअनुसार १२ समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने ८ तेस्रो स्थानका टोलीले पनि नकआउट चरणमा स्थान बनाउनेछन्। राउन्ड अफ ३२ का खेलहरू जुन २८ देखि जुलाई ३ सम्म सञ्चालन हुनेछन्।
हालसम्म नकआउट चरणमा पुगेका टोलीहरू:
समूह ‘ए’: मेक्सिको, दक्षिण अफ्रिका
समूह ‘बी’: स्विट्जरल्यान्ड, क्यानडा, बोस्निया–हर्जेगोभिना (उत्कृष्ट तेस्रो)
समूह ‘सी’: ब्राजिल, मोरक्को
समूह ‘डी’: अमेरिका, अस्ट्रेलिया, पाराग्वे (उत्कृष्ट तेस्रो)
समूह ‘ई’: जर्मनी, आइभरी कोस्ट, इक्वेडर (उत्कृष्ट तेस्रो)
समूह ‘एफ’: नेदरल्यान्ड्स, जापान, स्विडेन (उत्कृष्ट तेस्रो)
समूह ‘जी’: बेल्जियम, इजिप्ट
समूह ‘एच’: स्पेन, केप भर्डे
समूह ‘आई’: फ्रान्स, नर्वे, सेनेगल (उत्कृष्ट तेस्रो)
समूह ‘जे’: अर्जेन्टिना
समूह ‘के’: कोलम्बिया, पोर्चुगल
समूह ‘एल’: इङ्ग्ल्यान्ड, घाना
अब बाँकी अन्तिम समूह चरणका खेलपछि राउन्ड अफ ३२ को सम्पूर्ण समीकरण स्पष्ट हुनेछ। योसँगै विश्वकप उपाधिको होड अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।










-1787661904658.jpeg&w=3840&q=75)

