तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बनमा
बुधबार, १० असार २०८३खेलपाटी संवाददाता

काठमाडौं। फिफा परिषद्को ब्युरोले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ।
फिफा विधानको धारा १४(१)(आई) तथा १४(३) अनुसार तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित गम्भीर उल्लंघन भएको ठहर गर्दै एन्फामाथि यो कारबाही गरिएको हो।
यस निर्णयसँगै एन्फाको सदस्यता तत्कालका लागि निलम्बित भएको छ र फिफाको थप निर्णय नआएसम्म निलम्बन कायम रहनेछ।










-1787661904658.jpeg&w=3840&q=75)

