अर्जेन्टिनाको सुरुआती टोलीमा एक परिवर्तन
-1782147258156.webp&w=3840&q=75)
काठमाडौं। अल्जेरियाविरुद्ध ३–० को प्रभावशाली जित निकाल्दै विश्वकप यात्रा सुरु गरेको अर्जेन्टिना आफ्नो दोस्रो खेलमा अस्ट्रियासँग भिड्दैछ।
साबिक विश्व च्याम्पियन अर्जेन्टिनाले आज डलासमा हुने खेलमा जित हात पारे दोस्रो चरणमा स्थान सुरक्षित गर्नेछ।
पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि मुख्य प्रशिक्षक लिओनल स्कालोनीले आजको खेलमा सुरुआती टोलीमा एक परिवर्तन गरेका छन्। दायाँ खुट्टाको ह्यामस्ट्रिङमा चोट लागेका गोञ्जालो मोन्टिएललाई विश्राम दिइएको छ। उनको स्थानमा नाहुएल मोलिनाले सुरुदेखि खेल्नेछन्।
लाउटारो मार्टिनेजको स्थानमा जुलियन अल्भारेजलाई मौका दिन सकिने चर्चा थियो। तर, पूर्ण रूपमा खेल्न तयार नभएकाले स्कालोनीले फेरि लाउटारोमाथि नै विश्वास गरेका छन्।
अर्जेन्टिनाको सुरुआती ११:
एमिलियानो मार्टिनेज नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, फाकुन्डो मेडिना, रोड्रिगो डे पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, थियागो अल्माडा, लिओनल मेसी र लाउटारो मार्टिनेज।










-1787661904658.jpeg&w=3840&q=75)

