कीर्तिमानी रुम
%20heads%20the%20ball%20away%20on%20a%20corner%20kick%20as%20Ecuador's%20John%20Yeboah%20(9)%20and%20Cura%C3%A7ao%20goalkeeper%20Eloy%20Room%20(1)%20and%20Sherel%20Floranus%20(5)%20look%20on%20during%20the%20World%20Cup-1782041913799.webp&w=3840&q=75)
खेल सुरु भएको तेस्रो मिनेटमै इक्वेडरका स्टार फरवार्ड एनर भालेन्सिया गोल गर्न तयारी अवस्थामा थिए। करिब १० यार्ड दूरीबाट गरिएको प्रहारलाई सबैले गोल निश्चित मानेका थिए।
तर‚ कुरासाओका गोलकिपर एलोय रुमले अविश्वसनीय बचाउ गर्दै टोलीलाई खेलमै फर्काए। योसँगै खेलको सम्पूर्ण लय परिवर्तन भयो। त्यसपछि रुम लगातार चम्किए।
उनले खेलभरि १५ वटा उत्कृष्ट बचाउ गर्दै इक्वेडरको लगातार आक्रमण रोक्दै कुरासाओलाई ऐतिहासिक गोलरहित बराबरीको नतिजा दिलाए।
यो विश्वकप इतिहासमा ९० मिनेटको खेलमा सबैभन्दा धेरै बचाउ गर्ने उनी पहिलो गोलकिपर हुन्। यसअघि यस्तै प्रदर्शन गर्ने एक मात्र गोलकिपर टिम हावर्ड थिए।

यी अमेरिकी गोलकिपरले सन् २०१४ विश्वकपमा बेल्जियमविरुद्ध १६ बचाउ गरेका थिए। तर‚ अतिरिक्त समयमा गोल खाँदा उनले ‘क्लिन सिट’ राख्न सकेका थिए। रुमले भने पूरा खेलमा गोल हुन दिएनन्।
खेलपछि रुमले हास्दै भने, “टिम हावर्ड घरमै बसेर मेरो खेल हेर्दै पसिना–पसिना भएका होलान्। कुरासाओमा अब मेरो सालिक बनाइनुपर्छ होला।”
३७ वर्षीय रुम कुरासाओ टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्। सन् २०१५ मा पूर्वडच स्ट्राइकर तथा प्रशिक्षक प्याट्रिक क्लुइभर्टले उनलाई राष्ट्रिय टोलीमा आबद्ध गराएका थिए। नेदरल्यान्ड्समा जन्मिएका रुमले करिअरमा सबैभन्दा बढी समय डच क्लब पीएसभी आइन्डहोभेन र भिटेसमा बिताए। हाल उनी अमेरिकी क्लब मियामी एफसीका लागि खेल्छन्।
कुरासाओको जनसंख्या करिब १ लाख ५६ हजार मात्र छ। विश्वकप खेल्ने सबैभन्दा सानो राष्ट्र हो। विश्व वरीयतामा ८२औं स्थानमा रहेको टोलीले आफूभन्दा धेरैमाथि रहेको इक्वेडरलाई रोक्दै ऐतिहासिक अंक जोडेको हो।
खेल हेर्न नेदरल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमा पनि उपस्थित थिए। मुख्य प्रशिक्षक डिक एड्भोकेटले टोलीको प्रयासको प्रशंसा गर्दै यो बराबरीलाई ऐतिहासिक सफलता भनेका छन्।
कुरासाओले अब समूह चरणको अन्तिम खेलमा आइभोरी कोस्टसँग खेल्नेछ। तर‚ जे भए पनि इक्वेडरविरुद्धको यो बराबरी कुरासाओको फुटबल इतिहासमा सधैं सम्झिने क्षण बनेको छ।










-1787661904658.jpeg&w=3840&q=75)

