तीन नेपाली खेलाडीले मलेसियन लिग खेल्ने
शुक्रबार, ०५ असार २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले मलेसियन राष्ट्रिय महिला लिग खेल्ने भएका छन्।
मिडफिल्डर अनिता बस्नेत, लेफ्टब्याक हीराकुमारी भुजेल र सेन्टरब्याक निशा थोकरले रेड इगल्स सकर क्लबबाट खेल्ने भएका हुन्। यी तिनै खेलाडी विभागीय टोली एपीएफबाट घरेलु फुटबल प्रतियोगिता खेलिरहेका थिए।
गत १३ जुनबाट सुरु भएको लिगका पहिलो चरणका खेल सकिसकेका छन्। यद्यपि, लिग भने ३१ अक्टोबरसम्म चल्नेछ।










-1787661904658.jpeg&w=3840&q=75)

