सर्वकालीन उत्कृष्ट खेलाडी मेसी !

विश्वकप २०२६ को अभियान लिओनल मेसीले सानदार रूपमा सुरु गरेका छन्। ३८ वर्षको उमेरमा पनि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै आफ्नो असाधारण प्रतिभाको प्रमाण दिएका छन्।
ब्राजिलका महान् फुटबलर रोनाल्डो नाजारियो फुटबल जगतलाई यी नै मेसी सर्वकालीन उत्कृष्ट खेलाडी (गोट्) भएको तथ्य स्वीकार गर्न आग्रह गरेका छन्।
रोनाल्डोका अनुसार मेसीलाई सर्वकालीन महान् खेलाडी मान्न कुनै शंका छैन। ‘कीर्तिमानहरू तोडिनका लागि नै बनाइएका हुन्छन्। यसलाई तोड्ने व्यक्ति को हुनेछ भन्ने कुराले विश्वका कुनै पनि फुटबल प्रशंसकलाई अचम्मित पार्दैन। साथै, अर्जेन्टिना अहिले प्रतियोगिताको साबिक विजेता पनि हो,’ उनले टाइसी स्पोर्ट्ससँग भने।
-1781868899266.webp)
उनले थपे, ‘हरेक पटक मेसी मैदानमा उत्रिँदा सबै कुरा ऐतिहासिक र विशेष बन्न जान्छ। अब विश्वले उनी सर्वकालीन उत्कृष्ट खेलाडी हुन् भन्ने तथ्य स्वीकार गर्ने समय आएको छ।’
‘उनी हरेक सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र विश्वकपमा पनि आफ्नो स्तर कायम राखेका छन्। तर, अझै पनि केही मानिसहरूमा शंका बाँकी छ। यो यस्तो अविस्मरणीय र ऐतिहासिक रात हो, जुन सधैं इतिहासमा रहनेछ,’ उनी फेरि भन्छन्।
-1781868910537.webp)
बार्सिलोनाका पूर्वस्ट्राइकर ज्लाटान इब्राहिमोभिच पनि मेसीको उत्कृष्ट खेलाडीबारे कुनै शंका गर्दैनन्। फक्ससँग कुरा गर्दै इब्राहिमोभिचले भने, ‘हामीले अर्को मेसी देख्नेछौं भन्ने मलाई विश्वास छैन, किनकि उनी विशेष छन्।’
उनी थप्छन्,‘यो उनको प्राकृतिक प्रतिभा हो। यस्तो लाग्छ कि फुटबल नै उनको लागि बनाइएको हो। उनले छोएको हरेक कुरा सुनमा परिणत हुन्छ। साथै, उनको लागि ज्यान दिन तयार टोली पनि उनीसँग छ।’
उनका अनुसार मेसीले अर्को विश्वकप नजिते पनि उनको उत्कृष्ट खेलाडीको स्थान परिवर्तन हुने छैन। ‘अर्को विश्वकप जित्नुले उनलाई सर्वकालीन महान् खेलाडीको स्थान दिलाउने होइन, किनकि त्यो स्थान उनले पहिले नै हासिल गरिसकेका छन्। त्यो त उनको ट्रफी संग्रहमा थपिने अर्को उपाधि मात्र हुनेछ,’ इब्राहिमोभिचले भने।










-1787661904658.jpeg&w=3840&q=75)

