चर्चाको शिखरमा पाका र युवा खेलाडी

४८ टोली सहभागी भएको फिफा विश्वकपको दोस्रो सातामा प्रवेश गर्दा केही पाका र केही युवा खेलाडीहरूले विशेष चर्चा बटुलेका छन्।
केप भर्डेका ४० वर्षीय गोलकिपर भोजिन्हा प्रतियोगिताका अप्रत्याशित नायक बनेका छन् भने सेनेगलका किशोर खेलाडी इब्राहिम म्बायेले आफ्नो पहिलो विश्वकप खेलमै गोल गरेर सबैको ध्यान आकर्षित गरेका छन्।
अनुभवी खेलाडीको प्रभाव
सबैभन्दा पहिले ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको चर्चा गर्न आवश्यक छ। पोर्चुगलका स्टार रोनाल्डो कंगोसँग १–१ को बराबरीमा गोल गर्न नसके पनि फिफाका अनुसार उनी विश्वकप इतिहासमा सुरुआती रोजाइमा मैदान उत्रिने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बनेका छन्।
-1781752673959.webp)
क्रोएसियाका ४० वर्षीय कप्तान लुका मोड्रिचले सन् २०१८ मा आफ्नो टोलीलाई विश्वकप फाइनलसम्म पुर्याएका थिए। तर, यसपटक इङ्ल्यान्डविरुद्धको खेलमा उनको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन।
मोड्रिचको फाउलका कारण ह्यारी केनले पेनाल्टीमार्फत गोल गरे र क्रोएसिया ४–२ ले पराजित भयो। मोड्रिचलाई खेल सकिनुअघि नै मैदानबाट फिर्ता बोलाइएको थियो।
विश्वकपमा ४० वर्ष उमेरका केही गोलकिपर पनि सहभागी छन्। जर्मनीका म्यानुअल नोयर सबैभन्दा परिचित नाम भए पनि केप भर्डेका भोजिन्हाले स्पेनलाई गोलरहित बराबरीमा रोक्न महत्त्वपूर्ण भूमिका खेलेपछि चर्चामा आएका छन्।
-1781752689827.webp)
उनको परिवार आगामी खेल हेर्न मियामी पुग्ने तयारीमा रहेको बताइएको छ, जहाँ केप भर्डेले आइतबार उरुग्वेसँग खेल्नेछ।
अर्जेन्टिनाका कप्तान लिओनल मेसी अहिले ३८ वर्षका छन् र अर्को साता ३९ वर्ष पुग्नेछन्। उनले प्रतियोगिताको पहिलो खेलमै अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै आफ्नो जादुई प्रदर्शन देखाएका थिए।
युवा प्रतिभाको उदय
मेक्सिकोका १७ वर्षीय मिडफिल्डर गिल्बर्टो मोराले दक्षिण अफ्रिकाविरुद्धको २–० को जितमा दोस्रो हाफमा मैदान प्रवेश गर्दा घरेलु समर्थकबाट ठूलो स्वागत पाए।

विश्वकपका सबै टोलीमध्ये सबैभन्दा कम उमेरका खेलाडी मोरा हाल लिगा एमएक्स क्लब टिजुआनाबाट खेल्छन्। उनी युरोपका ठूला क्लबहरूको नजरमा छन्।
सेनेगलका १८ वर्षीय फरवार्ड इब्राहिम म्बायेले विश्वकपमा सम्झनलायक सुरुआत गरेका छन्। फ्रान्सविरुद्धको खेलमा ७५औं मिनेटमा मैदान प्रवेश गरेका उनले इन्जुरी समयमा गोल गर्दै आफ्नो पहिलो विश्वकप खेललाई विशेष बनाए। यद्यपि, सेनेगल ३–१ ले पराजित भयो।
मोरक्कोका १८ वर्षीय मिडफिल्डर अय्युब बुआद्दीले ब्राजिलसँगको १–१ बराबरीमा उत्कृष्ट प्रदर्शन गरे। उनले फ्रान्सको युवा टोलीबाट खेलेका थिए। तर, विश्वकपअघि मोरक्कोको प्रतिनिधित्व गर्ने निर्णय गरेका हुन्।
-1781752732975.webp)
त्यस्तै, इजिप्टका १८ वर्षीय फरवार्ड हम्जा अब्देलकरिमले बेल्जियमविरुद्धको खेलमा मोहम्मद सलाहको स्थान लिँदै विश्वकपमा डेब्यु गरे।
स्पेनका युवा स्टार लामिन यमल पनि प्रतियोगिताका चर्चित युवा खेलाडीमध्ये एक हुन्। अर्को महिना १९ वर्ष पुग्न लागेका यमल हालै मात्र ह्यामस्ट्रिङ चोटबाट फर्किएका हुन्। केप भर्डेविरुद्धको खेलमा उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।










-1787661904658.jpeg&w=3840&q=75)

