मंगलबार, ०९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘गोल्डेन बुट’को दौडमा नयाँ अनुहारको दाबी

मंगलबार, ०२ असार २०८३खेलपाटी संवाददाता
‘गोल्डेन बुट’को दौडमा नयाँ अनुहारको दाबी
Loading ad...
mustang rice ad

काठमाडौं। उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा मंगलबार बिहानसम्म समूह चरणका १६ खेल सम्पन्न भएका छन्। पहिलो पटक ४८ टोलीको सहभागिता रहेको इतिहासकै सबभन्दा ठूलो विश्वकपमा १६ खेल सकिँदा पनि सहभागी सबैले आफ्नो पहिलो खेल खेल्न भ्याइसकेका छैनन्।

तरऽ एउटा नयाँ संकेत चाहिँ देखिइसकेको छ। त्यो हो, एडिडास गोल्डेन बुटको दौडमा प्रतियोगिता सुरु हुनुपूर्व अनुमान गरिएका भन्दा नयाँ खेलाडीको बलियो दाबेदारी। प्रतियोगितामा १६ खेल सकिँदा ३९ फरक खेलाडीले २.८८ को औसतमा ४६ गोल गरिसकेका छन्। जहाँ प्रतियोगिता सुरु हुनुभन्दा अगाडि कसैले ध्यान नदिएका नाम पनि २ गोलका साथ अग्रस्थानमा छन्। प्रतियोतिगामा अहिलेसम्म ४ खेलाडीले २ गोल गर्दा ३५ जनाले १ गोल गरेका छन्। ३ गोल आत्मघाती भएका छन्।

मंगलबार बिहान इरानसँग २–२ को बराबरी नतिजा निकालेको खेलमा न्युजिल्यान्डका इलिजा जस्टले २ गोल गरे। जस्टअघि नै प्रतियोगिताको पहिलो खेलमा २ गोल गर्ने सफलता जर्मनीका काइ हार्भाट्ज, स्विडेनका यासिन अयारी र अमेरिकाका फ्लोरियन बालोगन छन्।

एएस मोनाको एफसीका २५ वर्षे बालोगनले लस एन्जलसमा भएको समूह ‘डी’ को पहिलो खेलमा पाराग्वेमाथि अमेरिकाले ४–१ को जित हासिल गरेको खेलमा मध्यान्तरअघि नै २ गोल गरिसकेका थिए। सन् १९३० मा सम्पन्न पहिलो विश्वकपपछि प्रतियोगिताको पहिलो खेलमा अमेरिकाका लागि २ वा त्योभन्दा बढि गोल गर्ने उनी पहिलो खेलाडी बनेका थिए।

बालोगनलगत्तै जर्मनीका हार्भाट्जले विश्वकपको पहिलो खेलमा २ गोल गर्ने सफलतामा नाम लेखाए। समूह ‘ई’ को खेलमा विश्वकपमा पहिलो पटक सहभागिता जनाइरहेको नवप्रवेशी कुराकाओलाई प्रतिद्वन्द्वीका रूपमा पाउँदा जर्मनीका लागि त्यो खेल सहज बनेको थियो। ७–१ को फराकिलो जित हासिल गरेको उक्त खेलमा आर्सनलका स्ट्राइकरले २ गोल गरेका थिए।

त्यो खेल हार्भाट्जसँगै चार पटकको विश्व च्याम्पियन जर्मनीका लागि पनि विशेष बन्यो। यसपाली विश्वकपमा खासै चर्चामा नरहेको जर्मनीले सन् २०१४ मा पछिल्लो पटक उपाधि जित्दा सेमिफाइनलमा आयोजक ब्राजिलमाथि पनि ७–१ कै अन्तरमा जित हासिल गरेको थियो।

हार्भाट्जले २ गोल गरेकै दिन स्विडेनका अयारीले पनि ट्युनिसियामाथि ५–१ को जित हासिल गर्दा व्यक्तिगत २ गोल गरेर एडिडास गोल्डेन बुटको दाबेदारका रूपमा आफूलाई उभ्याएका थिए। न्युजिल्यान्डका जस्टले मंगलबार बिहान लस एन्जलसमा २ गोल गरेपछि जारी विश्वकपको २ गोल क्लबमा नाम लेखाउने खेलाडीको संख्या ४ पुगेको छ।

विश्वकपमा अधिकांश मुख्य दाबेदार देश तथा शीर्ष स्ट्राइकरहरुले पहिलो खेल नै खेल्न नभ्याइसकेको अवस्थामा गोल्डेन बुट कसले जित्ला भन्ने अनुमान कठिन हुन सक्छ। प्रतियोगिताका आगामी खेलहरुले पक्कै पनि यो दौडलाई थप रोमाञ्चक बनाउने नै छन्।

२ गोल गर्नेहरू

फ्लोरियन बालोगन (अमेरिका) – एसिस्ट ०

यासिन अयारी (स्विडेन) – एसिस्ट ०

काइ हार्भाट्ज (जर्मनी) – एसिस्ट ०

इलिजा जस्ट (न्युजिल्यान्ड) – एसिस्ट ०

१ गोल गर्नेहरू

डेनिज उन्डाभ (जर्मनी) – एसिस्ट २

एलेक्जेन्डर इसाक (स्विडेन) – एसिस्ट २

नाथानियल ब्राउन (जर्मनी) – एसिस्ट १

ह्वाङ इन बियोम (दक्षिण कोरिया) – एसिस्ट १

भिक्टर ग्योकर्स (स्विडेन) – एसिस्ट १

रामिन रेजाइन (इरान) – एसिस्ट १

मिकाइल स्याङबर्ग (स्विडेन) – एसिस्ट ०

जियोभानी रेइना (अमेरिका) – एसिस्ट ०

काइल लारिन (क्यानाडा) – एसिस्ट ०

ह्योङ ग्यु (दक्षिण कोरिया) – एसिस्ट ०

अमाद दियालो (आइभोरी कोष्ट) – एसिस्ट ०

माउरिसियो (पाराग्वे) – एसिस्ट ०

इरानकुन्डा (अस्ट्रेलिया) – एसिस्ट ०

लुकिच (बोस्निया हर्जगोभिना) – एसिस्ट ०

जमाल मुसियाला (जर्मनी) – एसिस्ट ०

क्रिसेन्सियो समरभिल (नेदरल्यान्ड्स) – एसिस्ट ०

इमाम अशहोर (इजिप्ट) – एसिस्ट ०

फेलिक्स एनमेचा (जर्मनी) – एसिस्ट ०

जिमेनेज (मेक्सिको) – एसिस्ट ०

क्विनोनेस (मेक्सिको) – एसिस्ट ०

अराउजो (उरुग्वे) – एसिस्ट ०

जोन म्याकघिन (स्कटल्यान्ड) – एसिस्ट ०

इस्माइल साइबारी (मोरक्को) – एसिस्ट ०

डाइची कामाडा (जापान) – एसिस्ट ०

केइटो नाकामुरा (जापान) – एसिस्ट ०

भर्जिल भान डाइक (नेदरल्यान्ड्स) – एसिस्ट ०

लाडिस्लाभ क्रेज्की (चेकिया) – एसिस्ट ०

कोनोर मेटकाल्फ (अस्ट्रेलिया) – एसिस्ट ०

ओमार रेकिक (ट्युनिसिया) – एसिस्ट ०

मोहम्मद मोहेबी (इरान) – एसिस्ट ०

अब्दुल्लाह अल अमिरी (साउदी अरेबिया) – एसिस्ट ०

लिभानो कोमेनेन्सिया (कुराकाओ) – एसिस्ट ०

निको सटरब्रेक (जर्मनी) – एसिस्ट ०

ब्रेल इम्बोलो (स्विट्जरल्यान्ड) – एसिस्ट ०

भिनिसियस जुनियर (ब्राजिल) – एसिस्ट ०

विश्वकपमा सबभन्दा बढि गोल गर्ने खेलाडीले एडिडास गोल्डेन बुटको पुरस्कार पाउनेछन्। प्रतियोगिता सकिँदा दुई वा त्योभन्दा बढि खेलाडीको गोलसंख्या बराबर भएको अवस्थामा फिफाको प्राविधिक टोलीले निर्णय गरेअनुसार गोलका लागि साथीलाई अवसर सिर्जना गरेको आधारमा गोल्डेन बुट विजेता निर्धारण गरिन्छ।

गोलसँगै एसिस्ट पनि बराबर भएमा चाँही ति खेलाडीले प्रतियोगितामा खेलेको कुल समयको मूल्यांकन गरिन्छ। जहाँ कम मिनेट खेलेर बढि गोल र एसिस्ट गर्नेले प्राथमिकता पाउने फिफाले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

Loading ad...
xTreme Energy Drink
तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

रोमाको जितमा मालेनको  ह्याट्रिक

रोमाको जितमा मालेनको ह्याट्रिक