सबै कुरा गुमाउन तयार कुरासाओ
-1781432198457.webp&w=3840&q=75)
कुरासाओ आफ्नो पहिलो फिफा विश्वकप खेलमा चार पटकको विश्व च्याम्पियन जर्मनीसँग प्रतिस्पर्धा गर्न उत्साहित देखिन्छ।
आइतबार राति हुने खेलसँगै १ लाख ५० हजार जनसंख्या भएको यो टापु राष्ट्र विश्वकपमा सहभागी हुने अहिलेसम्मकै सबैभन्दा सानो देश बन्नेछ।
मुख्य प्रशिक्षक डिक एड्भोकाटले आफ्नो टोलीलाई यो ऐतिहासिक अवसरका बीच शान्त, केन्द्रित र आत्मविश्वासी रहन प्रेरित गरिरहेका छन्।
-1781432516016.webp)
डिफेन्डर शुरान्डी साम्बोका अनुसार टोली फ्लोरिडास्थित प्रशिक्षण क्याम्पबाट ह्युस्टन प्रस्थान गर्नुअघि एड्भोकाटले खेलाडीहरूलाई भनेका थिए,‘आफ्नो स्वभावमै रहनुहोस्, नआत्तिनुहोस्। सबै उत्साहित हुनु स्वाभाविक हो, तर आफ्नो खेल देखाउनुहोस्, किनकि यो विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च हो।’
विश्वकप डेब्युका लागि कुरासाओका खेलाडीहरूले लामो समयदेखि तयारी गरेका छन्। २१औं पटक विश्वकप खेल्दै गरेको जर्मनी यस खेलको जितको दाबेदार मानिएको छ। ‘हामीले जर्मनीका धेरै भिडियोहरू हेरेका छौं। उनीहरू कसरी खेल्छन् र के गर्न सक्छन् भन्नेबारे अध्ययन गरेका छौं,’ साम्बोले भने।
प्रशिक्षक एड्भोकाटको विचारमा जर्मनीजस्ता बलिया टोलीमाथि नै बढी दबाब हुन्छ। उनका अनुसार कुरासाओसँग गुमाउन केही छैन, जित्नका लागि सबै अवसर खुला छन्। ‘जर्मनीसँग तुलना गर्दा हामी निकै सानो राष्ट्र हौं। तर, हामी उनीहरूलाई सहज खेल्न दिने छैनौं,’ एड्भोकाटले भने,‘हामी उनीहरूका लागि कठिन र असहज प्रतिद्वन्द्वी बन्नेछौं।’
-1781432527290.webp)
कुरासाओका खेलाडीहरू त्यस्तो राष्ट्रको प्रतिनिधित्व गरिरहेका छन्, जसले अन्तर्राष्ट्रिय खेलकुदमा यति ठूलो अवसर विरलै पाउँछ। नेदरल्यान्ड्ससँगको घनिष्ठ सम्बन्धका कारण कुरासाओलाई ओलम्पिकमा स्वतन्त्र राष्ट्रका रूपमा मान्यता प्राप्त छैन। साथै, बेसबलमा उत्कृष्ट प्रतिभा उत्पादन गर्ने देश भए पनि विश्व बेसबल क्लासिकमा त्यहाँका खेलाडीहरूले नेदरल्यान्ड्सको प्रतिनिधित्व गर्छन्।
मिडफिल्डर आर’जान्नी मार्थाले भने,‘हामी यहाँ सहभागी हुन मात्र आएका होइनौं। हामी आफ्नो क्षमता देखाउन र राम्रो नतिजा निकाल्न चाहन्छौं।’ कुरासाओको सानो जनसंख्या भए पनि टोलीलाई समर्थन गर्ने समर्थकहरूको कमी हुने छैन। साम्बोका अनुसार उनकासहित अन्य २१ खेलाडीका परिवार पनि खेल हेर्न उपस्थित हुनेछन्।
डिफेन्डर लिभानो कोमेनेन्सियाले टोलीको एकतालाई विशेष रूपमा उल्लेख गरे। ‘हामी एउटा ठूलो परिवारजस्तै छौं। बसमा, होटलमा वा बाहिर जहाँ भए पनि सधैं सँगै हुन्छौं, सँगीत सुन्छौं र रमाइलो वातावरणमा रहन्छौं,’ उनले भने।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


