बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ब्राजिलका समर्थकको मन जित्न सफल होलान् भिनिसियस ?

शनिबार, ३० जेठ २०८३खेलपाटी संवाददाता
ब्राजिलका समर्थकको मन जित्न सफल होलान् भिनिसियस ?
Loading ad...
mustang rice ad

ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरका लागि राष्ट्रिय टोलीबाट खेल्नु सधैं सहज भने रहन सकेको छैन। विश्व फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आए पनि उनले अझैसम्म ब्राजिलका समर्थकहरूसँग नेयमारले जस्तै भावनात्मक सम्बन्ध स्थापित गर्न सकेका छैनन्।

बीबीसी स्पोर्ट्ससँग नाम नखुलाउने सर्तमा कुरा गर्दै एक पूर्वअन्तर्राष्ट्रिय प्रशिक्षकले भिनिसियसमा मुख्य पात्र बन्ने अत्यधिक चाहनाबाट उत्पन्न हुने दबाब देखिने बताएका छन्। क्लब फुटबलमा सधैं केन्द्रमा रहने बानी परेका भिनिसियसका लागि राष्ट्रिय टोलीमा पनि त्यही भूमिका निर्वाह गर्ने अपेक्षा रहँदै आएको छ।

आफ्नो दोस्रो विश्वकप यात्राको तयारी गरिरहेका भिनिसियससँग हाल १४ वटा व्यावसायिक सम्झौता छन्, जुन कुनै पनि ब्राजिलियन खेलाडीभन्दा बढी हो। तर मैदानबाहिरको लोकप्रियता र सफलताका बाबजुद उनले अझै नेयमारले जस्तो समर्थकहरूको माया प्राप्त गर्न सकेका छैनन्।

4795

पूर्व मार्केटिङ सल्लाहकार तथा खेल बजार विश्लेषक एडुआर्डो मुसाका अनुसार, ब्राजिलियन समर्थकहरूले भिनिसियसलाई मन पराए पनि नेयमारको स्तरको लोकप्रियता भने अझै प्राप्त भएको छैन।

उनले भने, ‘नेयमारले ब्राजिलका लागि स्पष्ट विरासत निर्माण गरिसकेका छन्। उनी राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन्। भिनिसियसले भने अझै ब्राजिलका लागि रियल म्याड्रिडमा जस्तै प्रभावशाली प्रदर्शन गर्ने अवसर पूर्ण रूपमा पाएका छैनन्।’

मुसाका अनुसार नेयमारको लोकप्रियताको अर्को कारण उनी ब्राजिलको सान्तोस क्लबमा लामो समयसम्म खेलेर घरेलु समर्थकहरूमाझ स्थापित हुनु हो। नेयमारले २०११ देखि २०१३ सम्म सान्टोसका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए, जसले समर्थकहरूलाई उनको खेल नजिकबाट हेर्ने अवसर दिएको थियो।

‘भिनिसियस भने फ्लामेन्गोबाट अपेक्षाकृत चाँडै युरोप पुगे। त्यतिबेला उनी टोलीका निर्विवाद पहिलो रोजाइका खेलाडी पनि थिएनन् र उनको क्षमताबारे केही शंका पनि बाँकी नै थियो,’ मुसाले बताए।

हालै ब्राजिलको प्रमुख अनुसन्धान संस्था डाटाफोल्हाले गरेको सर्वेक्षणमा ५३ प्रतिशत समर्थकहरूले अनुभवी नेयमारलाई आगामी विश्वकप टोलीमा समावेश गर्नुपर्ने बताएका छन्। यसले नेयमारप्रतिको विश्वास र लोकप्रियता अझै कायम रहेको देखाउँछ।

मुसाले थपे,‘नेयमारले ब्राजिलमा रहँदा गरेको प्रदर्शन समर्थकहरूको स्मृतिमा अझै ताजा छ। साथै उनको व्यक्तित्व, आकर्षण र करिश्माले पनि ठूलो भूमिका खेलेको छ।’

उनले भिनिसियसको प्रशंसा गर्दै भने, ‘म भिनिसियसको ठूलो प्रशंसक हुँ। उनी असाधारण खेलाडी हुन्। तर नेयमारले शीर्ष स्तरमा धेरै वर्ष बिताएका छन् र समर्थकहरूलाई धेरै अविस्मरणीय क्षण दिएका छन्। त्यसैले उनीप्रतिको माया अझ गहिरो देखिन्छ।’

अब प्रश्न उठेको छ—विश्व फुटबलमा आफ्नो प्रभाव स्थापित गरिसकेका भिनिसियसले आगामी विश्वकपमार्फत ब्राजिलका समर्थकहरूको मन पूर्ण रूपमा जित्न सक्लान् त ?

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी