विशालले घरेलु फुटबलबाट पनि लिए सन्न्यास
बुधबार, २७ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। गोलकिपर विशाल श्रेष्ठले घरेलु फुटबलबाट पनि सन्न्यास लिएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन्। उनले ७ पुस २०८० सालमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका थिए।
तर, मच्छिन्द्र फुटबल क्लबबाट उनले घरेलु फुटबल खेलिरहेका थिए। सिन्धुपाल्चोकस्थित तौथलीमा जन्मिएका विशालले एक मात्रै अन्तर्राष्ट्रिय खेल खेल्न पाएका थिए।
यद्यपि, ३३ वर्षीय विशालले मनाङ मर्स्याङ्दी, नेपाल पुलिस र मच्छिन्द्रबाट घरेलु लिग खेलिसकेका छन्।
यस्तै, बुटबल लुम्बिनी एफसी र एफसी चितवनबाट उनले नेपाल सुपर लिग (एनएसएल) खेलेका छन्।










-1787661904658.jpeg&w=3840&q=75)

