भारतलाई ७ वर्षपछि साफ जित्ने मौका

काठमाडौं। भारत ७ वर्षपछि साफ महिला च्याम्पिनसिपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।
बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा भुटानलाई १–० ले हराउँदै भारत उपाधिनजिक पुगेको थियो। अब भारतले भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा शनिबार साबिक विजेता बंगलादेशसँग खेल्नेछ।
भारतले सन् २०१६ मा बंगलादेशलाई फाइनलमा हराउँदै उपाधि जितेको थियो। त्यसबाहेक २०१०,२०१२, २०१४ र २०१९ मा नेपाललाई हराउँदै भारतले पाँचौंपल्ट उपाधि हात पारेको थियो। त्यसयताका दुई संस्करणमा भने नेपालले भारतलाई सेमिफाइनलमै रोक्दै आएको थियो।
बंगलादेश भने ह्याट्रिक उपाधितर्फ लम्किएको छ। बंगलादेशले २०२२ र २०२४ मा नेपाललाई हराउँदै लगातार उपाधि जितेको थियो। यद्यपि, यसपल्ट भने बंगालदेशले भारतको चुनौतीलाई पन्छाउनुपर्नेछ। यी दुई टोली समूह चरणमा पनि भिडेका थिए।
तर, उक्त भेटमा भारतले ३–० को सहज जित निकालेको थियो।










-1787661904658.jpeg&w=3840&q=75)

