बंगलादेशको लक्ष्य साफ उपाधिमा ह्याट्रिक
शनिबार, २३ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। बंगलादेश साफ महिला च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा शनिबार बंगलादेशले भारतसँग खेल्न लागेको हो। बंगलादेशले सन् २०२२ र २०२४ मा नेपाललाई पारजित गर्दै लगातार उपाधि जितेको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएका ती दुई संस्करणमा बंगलादेशले ३–१ र २–१ को जित निकालेको थियो।
यसपल्ट भने नेपाललाई सेमिफाइनलमै २–१ ले पराजित गर्दै बंगलादेश समग्रमा चौथो र लगातार तेस्रोपल्ट फाइनलमा प्रवेश गरेको हो।










-1787661904658.jpeg&w=3840&q=75)

