नेपालले जोगाउन सकेन अग्रता
.JPG-1780486174896.jpeg&w=3840&q=75)
काठमाडौं। गोलरक्षक अञ्जिला तुम्बाप्पो सुब्बाले कर्नरमा सिधै गोल खाएसँगै बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा खेलमा फर्किएको छ।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा जारी खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको हो।
खेलको २३औं मिनेटमा गीता रानाको गोलमार्फत नेपालले सुरुआती अग्रता लिएको थियो। दीपा शाहीको कर्नर किकमार्फत आएको बललाई बंगलादेशकी गोलरक्षक मिली अक्तरले पञ्च गरेकी थिइन्। तर, बल राम्रोसँग क्लिअर नहुँदा अनमार्क रहेकी गीताले सहजै गोल गरिन्।
जारी प्रतियोगितामा यो उनको दोस्रो गोल हो। यसअघि समूह चरणमा भुटानविरुद्धको १–० को जितमा पनि उनले नै गोल गरेकी थिइन्।
तर, नेपालको अग्रता धेरैबेर टिकेन। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेश खेलमा फर्कियो। ऋतु पोर्ना चक्माले कर्नरमार्पत सिधै प्रहार गरेको बललाई अञ्जिालले पञ्च गर्दै बाहिर पठाउने प्रयास गरेकी थिइन्। तर, टप बारबाट आएको बल उनको औंलामा लाग्दै जाली चुम्यो।










-1787661904658.jpeg&w=3840&q=75)

