प्रीतिले सेमिफाइनल खेल्दै
बुधबार, २० जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले साफ महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध खेल्ने टोलीमा तीन परिवर्तन गरेका छन्।
नेपालले केहीबेरपछि बंगलादेशसँग खेल्दैछ। न्यौपानेले कप्तान अञ्जिला तुम्बाप्पोलाई सुरुआती ११ मा समेटेका छन्। गोलकिपरसमेत रहेकी उनलाई श्रीलंकाविरुद्धको २–० को जितमा आराम दिइएको थियो। उनको स्थानमा अञ्जना रानामगरले खेलेकी थिइन्।
यस्तै, फरवार्ड मिना देउवाको स्थानमा अनिता लम्जेललाई सुरुआती ११ मा ल्याइएको छ। डिफेन्डर हीराकुमारी भुजेलले आराम पाउँदा मिडिफिल्डर प्रीति राई यो प्रतियोगितामा पहिलोपल्ट मैदान उत्रिन लागेकी छन्।










-1787661904658.jpeg&w=3840&q=75)

