नेपाल सुपर लिगमा तीन नयाँ क्लब
बुधबार, २० जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) ले विस्तार प्रक्रिया औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ।
आगामी सिजनदेखि प्रतियोगिता देशव्यापी ‘होम एण्ड अवे’ ढाँचामा सञ्चालन हुने तयारीसँगै लिगमा तीन नयाँ क्लब थपिने भएका छन्।
एनएसएल का अध्यक्ष श्रेयन्स कार्कीद्वारा जारी विज्ञप्तिअनुसार चौथो संस्करण आगामी ५ सेप्टेम्बर २०२६ बाट सुरु हुनेछ।
हाल सात क्लब सहभागी रहेको लिगलाई विस्तार गरी १० टोलीसम्म पुर्याउने लक्ष्य राखिएको छ।
एनएसएलले विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत (कर्णाली क्षेत्र) बाट क्लब थप्ने लक्ष्य राखेको छ। यद्यपि अन्य क्षेत्रबाट आउने उत्कृष्ट प्रस्तावहरूलाई पनि विचार गरिने बताइएको छ।










-1787661904658.jpeg&w=3840&q=75)

