बिहिबार, ११ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अब्बल बार्सिलोना

आइतबार, १० जेठ २०८३खेलपाटी संवाददाता
अब्बल बार्सिलोना
Loading ad...
mustang rice ad

काठमाडौं। स्पेनी क्लब बार्सिलोनाले शनिबार महिला च्याम्पियन्स लिगको फाइनलमा ओएल लियोनेसलाई ४–० ले पराजित गर्दै चौथो युरोपेली उपाधि जितेको छ।

फरवार्ड इभा पायोर र साल्मा पारालुएलोले दोस्रो हाफमा समान दुई–दुई गोल गरेपछि टोलीले उपाधि हात पारेको हो।

पहिलो हाफमा बार्सिलोनाले निकै दबाब खेप्नुपरेको थियो। लियोनेसले गरेको एक गोल भिडियो सहायक रेफ्रीको निर्णयपछि अफसाइड ठहर भएको थियो भने पायोरले पाएका केही अवसर पनि सदुपयोग हुन सकेका थिएनन्। तर, दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गर्दै सहज जित निकालेको हो।

खेलको १४औं मिनेटमा लिन्ड्से हिप्सले बल जाली चुमाए पनि वेन्डी रेनार्डको हेडर गोलरक्षक काता कोलबाट छुटेपछि बनेको उक्त गोल भिडियो समीक्षा पछि अफसाइड घोषित गरिएको थियो।

त्यसपछि पनि लियोनेसले पहिलो हाफभर खेलमा नियन्त्रण कायम राखेको थियो। सामान्यतया बल नियन्त्रणमा हाबी रहने बार्सिलोना यसपटक बल फिर्ता जित्न संघर्षरत देखिएको थियो।

आठ पटकको च्याम्पियन फ्रान्सेली क्लब लियोनेसले बार्सिलोनाको रक्षापंक्तिपछाडि खाली स्थान खोज्ने प्रयास गरिरहे पनि लक्ष्यमा प्रभावकारी प्रहार गर्न सकेनन्। त्यसको मूल्य दोस्रो हाफमा चुकाउनुपर्‍यो।

बार्सिलोनाले ५५औं मिनेटमा अग्रता लियो। पात्री गुइहारोले आफ्नै क्षेत्रबाट बल जितेर अघि बढिन् र दायाँपट्टि रहेकी इभा पायोरलाई पास दिइन्। पायोरले कठिन कोणबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाइन्।

२९ वर्षीया पोलिस खेलाडी पायोरले १४ मिनेटपछि दोस्रो गोल थपिन्। लियोनेसको रक्षापंक्ति असावधान बनेको मौका छोप्दै उनले एस्मी ब्रुग्ट्सको पासलाई नजिकबाट शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गरिन्।

दोस्रो गोलपछि लियोनेसको आत्मविश्वास कमजोर बन्यो। पहिलो हाफमा बल नियन्त्रणमा हाबी देखिएको टोली त्यसपछि प्रभावहीन बन्न पुग्यो। साल्मा पारालुएलोले ९०औं मिनेटमा टाढाबाट सानदार प्रहार गर्दै तेस्रो गोल गरिन्। त्यसको तीन मिनेटपछि तीव्र प्रतिआक्रमणमा अर्को गोल थप्दै उनले बार्सिलोनाको शानदार दोस्रो हाफ प्रदर्शनलाई पूर्णता दिइन्।

खेल सकिनुअघि नै बार्सिलोनाका समर्थकहरूले ‘क्याम्पेओनेस!’ भन्दै च्याम्पियनको नाराबाजी सुरु गरेका थिए। खेल सकिएलगत्तै खेलाडीहरू समर्थकहरूसँग उत्सव मनाउन पुगेका थिए।

बार्सिलोनाकी विङ्गर क्यारोलिन ग्राहम हान्सेनका लागि यो जित विशेष भावनात्मक बनेको थियो। फाइनल भएको उल्भाल रंगशालाबाट केही सय मिटर दूरीमा हुर्किएकी उनले घरेलु मैदानमै उपाधि जित्न पाउँदा विशेष अनुभूति भएको बताइन्।

उनले भनिन्, ‘पूरै सिजन धेरै उतारचढाव भए। आफ्नै घरमा, बार्सिलोनाका यति धेरै समर्थकसामु उपाधि जित्नु अत्यन्त विशेष हो। यही मैदानमा म हुर्किएकी हुँ, यहाँको प्रत्येक घाँस चिन्छु। आज टोलीसँग उत्सव मनाउन आतुर छु।’

उनकी नर्वेजियन टोलीसहकर्मी आडा हेगरबेर्ग भने पराजयपछि निराश देखिइन्। लियोनेस नवौँ उपाधि जित्ने अवसरबाट वञ्चित भएको थियो।

हेगरबेर्गले भनिन्, ‘आज हाम्रो दिन थिएन। हामीले उनीहरूको रक्षापंक्तिपछाडिको खाली स्थान उपयोग गर्न सकेनौँ। यस्ता खेल कठिन हुन्छन्। वर्षौँदेखि धेरै सफलता पाएका छौँ, त्यसैले हार हुँदा टाउको झुकाएर बस्नु हुँदैन।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

Loading ad...
xTreme Energy Drink
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग

नेपाल र हैदराबाद भिड्दै

नेपाल र हैदराबाद भिड्दै

कुस्ती टोली किर्गिस्तान  जाने

कुस्ती टोली किर्गिस्तान जाने

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

 टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

नेपाल र एसीटी भिड्दै

नेपाल र एसीटी भिड्दै

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब