आरआई एफसी सेमिफाइनलमा

पथरी। सिराहामा जारी सहिद हेमनारायण गोल्डकपमा आरआई एफसी काठमाडौं प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा काठमाडौंले पथरी-११ फुटबल क्लब, मोरङलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।
खेल अवधिभर आक्रामक रणनीति अपनाएको काठमाडौंका लागि निसकुमार श्रेष्ठ र सिजल राईले गोल गरे भने पथरीका तर्फबाट सञ्जय लिम्बूले एक सान्त्वना गोल फर्काए।
३६औं मिनेटमा काठमाडौंका सिजलले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए।३९औं मिनेटमा काठमाडौं कै निसले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे ।
४४औं मिनेटमा पथरी–११ का सञ्जयले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए र खेलमा फर्किने प्रयास गरे। तर, ७७औं मिनेटमा काठमाडौंका निसले पुनः गोल गर्दै टिमको अग्रता ३–१ बनाए।
८५औं मिनेटमा निसले आफ्नो ह्याट्रिक पूरा गर्दै काठमाडौंलाई ४–१ को सानदार जित दिलाए।खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सानदार ह्याट्रिक गर्न सफल काठमाडौंका अग्रपंक्तिका खेलाडी निस घोषित भए। उनले नगद तीन हजार र ट्रफी प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत आइतबारको तेस्रो क्वार्टरफाइनल खेल गोल्डेन स्टार यूथ क्लब, भलुवा (सुनसरी) र गाईघाट युनाइटेड (उदयपुर) बीच प्रतिस्पर्धा हुनेछ।











-1787756317261.jpeg&w=3840&q=75)


