बिहिबार, ११ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

युरोपा लिगको ‘राजा’ अर्थात उनाइ एमेरी

बिहिबार, ०७ जेठ २०८३खेलपाटी संवाददाता
युरोपा लिगको ‘राजा’  अर्थात उनाइ एमेरी
Loading ad...
mustang rice ad

काठमाडौं। इङ्ल्यान्डका भावी राजा प्रिन्स विलियमको उपस्थितिमा उनाइ एमेरीले फेरि एकपटक आफूलाई युरोपा लिगको ‘राजा’ साबित गरेका छन्।

इस्तानबुलमा बुधबार राति भएको फाइनलमा एस्टन भिल्लाले फ्राइबर्गलाई ३–० ले हराउँदै युरोपा लिग उपाधि जित्यो। यससँगै प्रशिक्षक एमेरीले यो प्रतियोगितामा आफ्नो कीर्तिमानी पाँचौं उपाधि जित्न सफल भए।

टुप्रास स्टेडियममा एस्टन भिल्लाको ऐतिहासिक जितपछि क्लबका आजीवन समर्थक प्रिन्स विलियम उत्साहका साथ खुसी मनाइरहेका देखिन्थे। उनले कप्तान जोन म्याकगिनले ट्रफी उचाल्दा मोबाइलबाट तस्बिरसमेत खिचेका थिए।

खेलपछि प्रिन्स विलियमले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अविश्वसनीय रात! सबै खेलाडी, टोली, प्रशिक्षक र क्लबसँग जोडिएका सबैलाई धेरै बधाई।’ कप्तान म्याकगिनले भने, ‘उहाँ निकै सरल व्यक्ति हुनुहुन्छ। खेलअघि ड्रेसिङ रुममा आउनुभएको थियो। उहाँ ठूलो भिल्ला समर्थक भएकाले यस्तो अवसर गुमाउने कुरा नै थिएन।’

यो एस्टन भिल्लाको ३० वर्षपछि पहिलो ठूलो उपाधि हो। यसअघि टोलीले सन् १९९६ मा इङ्लिस लिग कप जितेको थियो। युरोपियन स्तरमा भने क्लबले सन् १९८२ मा युरोपियन कप र सुपर कप जितेको थियो।

उनाइ एमेरीको युरोपा लिगमा सफलता भने पुरानै कथा हो। उनले सन् २०१४ देखि २०१६ सम्म लगातार तीन पटक सेभियालाई यो उपाधि जिताएका थिए भने २०२१ मा भिल्लारियललाई पनि च्याम्पियन बनाएका थिए। अब उनले ‘भिल्ला’ नाम भएको अर्को क्लब एस्टन भिल्लालाई पनि उपाधि दिलाएका छन्।

एमेरीले भने,‘म युरोपियन प्रतियोगिताप्रति सधैं आभारी छु। चाहे च्याम्पियन्स लिग होस्, कन्फरेन्स लिग होस् वा युरोपा लिग। विशेषगरी युरोपा लिग मेरो लागि विशेष छ। हामीले यो प्रतियोगितामा अत्यन्त संघर्ष गर्‍यौं र गम्भीरतापूर्वक खेल्यौं।’

पहिलो हाफमै युरी टिलेमान्स र एमिलियानो बुएन्डियाले उत्कृष्ट गोल गर्दै भिल्लालाई २–० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा मोर्गन रोजर्सले थप एक गोल गरेपछि फ्राइबर्ग पूर्ण रूपमा दबाबमा परेको थियो।

१० वर्षअघि जर्मनीको दोस्रो डिभिजनमा रहेको फ्राइबर्ग पहिलो युरोपियन फाइनलमा अनुभवहीन देखियो। एस्टन भिल्ला स्वयं पनि सन् २०१९ सम्म इङ्ल्यान्डको दोस्रो डिभिजनमा थियो।

तर, २०२२ मा एमेरी प्रशिक्षक बनेपछि क्लबको रूपान्तरण चमत्कारिक बन्यो। त्यसबेला रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको टोली अहिले लगातार दोस्रो सिजन च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ।

म्याकगिनले भने, ‘यो प्रशिक्षक हुँदा केही पनि असम्भव छैन। आजको रात हामीले वर्षौंदेखि बनाएको यात्राको परिणाम हो। ३–० भएपछि हामी युरोपियन च्याम्पियन भयौं भन्ने अनुभूति शब्दमा व्यक्त गर्न सकिँदैन। यो मेरो करिअरकै सबैभन्दा गर्विलो क्षण हो।’

४१औं मिनेटमा मोर्गन रोजर्सको क्रसमा युरी टिलेमान्सले शानदार भली गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा बुएन्डियाले बक्स बाहिरबाट घुमाउरो प्रहार गर्दै उत्कृष्ट गोल गरे।

५८औं मिनेटमा बुएन्डियाकै क्रसलाई मोर्गन रोजर्सले नजिकको पोस्टमा स्लाइड गर्दै गोलमा परिणत गरेपछि खेल पूर्ण रूपमा भिल्लाको नियन्त्रणमा पुगेको थियो। टिलेमान्सले भने, ‘हामीले उत्कृष्ट सिजन बितायौं र त्यसलाई उपाधिसहित अन्त्य गर्नु अविश्वसनीय अनुभूति हो।’

यो जित एमेरीका लागि व्यक्तिगत रूपमा पनि विशेष रह्यो। २०१९ मा उनले आर्सनललाई युरोपा लिग फाइनलसम्म पुर्‍याए पनि चेल्सीसँग हार बेहोरेपछि केही महिनामै बर्खास्त भएका थिए।

अब भने उनले फ्रान्समा पेरिस सेन्ट-जर्मेनसँग घरेलु लिग जितेपछि स्पेन र इङ्ल्यान्डका क्लबहरूसँग पनि युरोपियन सफलता हासिल गर्दै आफूलाई आधुनिक फुटबलका सफल प्रशिक्षकमध्ये एकका रूपमा स्थापित गरेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

Loading ad...
xTreme Energy Drink
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग

नेपाल र हैदराबाद भिड्दै

नेपाल र हैदराबाद भिड्दै

कुस्ती टोली किर्गिस्तान  जाने

कुस्ती टोली किर्गिस्तान जाने

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

कुशलको अर्धशतकमा नेपालको दोस्रो जित

 टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

फर्नान्डेस बने ‘पीएफए प्लेअर अफ द इयर’

नेपाल र एसीटी भिड्दै

नेपाल र एसीटी भिड्दै

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब