च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

काठमाडौं। चेल्सीसँग १–१ को बराबरी खेल्दै लिभरपुल च्याम्पियन्स लिग छनोटतर्फ एक कदम अघि बढेको छ। यससँगै चेल्सीले प्रिमियर लिगमा लगातार ६ खेलको हारको श्रृंखला पनि अन्त्य गरेको छ।
चेल्सीका एन्जो फर्नान्डेजको बाउन्स भएको फ्रिकिक ३६औं मिनेटमा गोलमा परिणत भयो। त्यसअघि रयान ग्राभेनबेर्खले सुरुआती गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
आर्ने स्लटको टोलीले फेरि एकपटक अस्थिर प्रदर्शन गरेपछि अन्तिम सिटी बज्दा घरेलु समर्थकबाट हूटिङ सामना गर्नुपर्यो। यस्तो प्रदर्शनले यो सिजनभर लिभरपुललाई सताइरहेको छ। टोली साबिक प्रिमियर लिग च्याम्पियन हो।
चौथो स्थानमा रहेको लिभरपुल अझै पनि च्याम्पियन्स लिगमा स्थान बनाउन सकेको छैन। आगामी शुक्रबार एस्टन भिल्लाविरुद्धको खेल जितेमा टोलीले छनोटमा आफ्नो स्थान सुनिश्चित गर्नेछ।
खेलको छैटौं मिनेटमै ग्राभेनबेर्खले पेनाल्टी क्षेत्रबाहिरबाट सानदार कर्लिङ प्रहार गर्दै बललाई पोस्टको माथिल्लो कुनामा पुर्याएर लिभरपुललाई अग्रता दिलाए।
३६औं मिनेटमा एन्जोले लामो दूरीबाट फ्रिकिक प्रहार गरे। बल बाउन्स हुँदै पोस्टमा लागेर गोलमा परिणत भयो। लिभरपुलका गोलरक्षक जियोर्जी मामारदाश्भिली वेस्ली फोफानाले बल भेट्न सकेनन्। त्यसपछि बल पोस्टमा लाग्दै गोलभित्र छिर्यो।
७९औं मिनेटमा भर्जिल भान डाइकको हेडर क्रसबारमा लाग्दा लिभरपुल पुनः अग्रता लिनबाट चुक्यो। त्यसअघि ७१औं मिनेटमा डोमिनिक सोबोस्लाईको लामो दूरीको प्रहार पनि पोस्टमा लागेको थियो।












