सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

सोमबार, २१ बैशाख २०८३खेलपाटी संवाददाता
 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड
Loading ad...
mustang rice ad

काठमाडौं। इङ्ल्यान्डको प्रसिद्ध क्लब म्यानचेस्टर युनाइटेड फेरि युरोपको शीर्ष क्लब प्रतियोगिता च्याम्पियन्स लिगमा फर्किएको छ।

आइतबार लिभरपुलविरुद्ध ३–२ को जित निकाल्दै युनाइटेडले दुई वर्षपछि उक्त प्रतियोगितामा स्थान सुनिश्चित गरेको हो। ओल्ड ट्राफोर्डमा भएको रोमाञ्चक खेलमा कोबी माइनुले पेनाल्टी क्षेत्र बाहिरबाट पहिलो टचमै गरेको प्रहार गोलमा परिणत गर्दै निर्णायक भूमिका खेले।

डिफेन्डिङ च्याम्पियन लिभरपुलले दुई गोलले पछि परेपछि खेल बराबरीमा ल्याए पनि अन्ततः युनाइटेडले जित हात पार्‍यो। मुख्य प्रशिक्षक माइकल क्यारिकले जनवरीमा जिम्मेवारी सम्हालेपछि टोलीलाई उत्कृष्ट प्रदर्शन गराउँदै लिग तालिकाको तेस्रो स्थानमा पुर्‍याएका छन्।

उनले आर्सनल, म्यानचेस्टर सिटी र लिभरपुलजस्ता ठूला टोलीविरुद्ध महत्त्वपूर्ण जित दिलाएका छन्। युनाइटेडका फरवार्ड माटेउस कुन्हाले क्यारिकको प्रशंसा गर्दै उनलाई क्लबका महान् पूर्वप्रशिक्षक एलेक्स फर्गुसनसँग तुलना गरेका छन्। फर्गुसन खेल हेर्न रंगशालामा आउने योजनामा थिए। तर, अस्वस्थ महसुस गरेपछि खेल सुरु हुनुअघि अस्पताल गएका थिए।

यस जितसँगै युनाइटेडले आफ्नो कट्टर प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध घरेलु र ‘अवे’ दुवै खेल जित्दै २०१५–१६ पछि पहिलो पटक लिग डबल पूरा गरेको छ। हाल युनाइटेड चौथो स्थानमा रहेको लिभरपुलभन्दा ६ अंकले अघि छ। यद्यपि, सिजनका तीन खेल बाँकी छन्।

क्यारिकको प्रशिक्षणमा युनाइटेडले १४ खेलबाट ३२ अंक जोडेको छ। यो यस अवधिमा सबैभन्दा बढी अंक हो। क्लबले उनलाई सिजनको अन्त्यसम्मका लागि मात्र नियुक्त गरेको हो। तर, उत्कृष्ट प्रदर्शनले उनलाई स्थायी प्रशिक्षक बनाउने माग बढेको छ।

खेलमा युनाइटेडले उत्कृष्ट सुरुआत गर्दै छैटौं मिनेटमा माटेउस कुन्हाको गोलबाट अग्रता लियो। १४औं मिनेटमा बेन्जामिन सेस्कोले दोस्रो गोल थपे। तर, दोस्रो हाफमा डोमिनिक सोबोस्लाइ र कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए। त्यसपछि माइनुको निर्णायक गोलले युनाइटेडलाई जित दिलायो।

यस हारसँगै लिभरपुल अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गर्नबाट चुकेको छ। टोलीले अझै केही खेलको नतिजा कुर्नुपर्नेछ। टोलीका कप्तान भर्जिल भान डाइकले यस सिजनको प्रदर्शन अपेक्षाभन्दा कमजोर भएको स्वीकार गर्दै आगामी सिजनमा सुधार आवश्यक रहेको बताएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल