सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

सोमबार, २१ बैशाख २०८३खेलपाटी संवाददाता
बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं। क्याटलान क्लब बार्सिलोना फेमेनी युरोपको प्रतिष्ठित महिला क्लब प्रतियोगिता युइएफए महिला च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

सेमिफाइनलको दोस्रो खेलमा जर्मनीको बायर्न म्युनिखलाई ४–२ ले हराउँदै समग्रमा ५–३ को जितसहित फाइनलमा स्थान बनाएको हो।

अब बार्सिलोनाले फाइनलमा फ्रान्सको लियोनसँग प्रतिस्पर्धा गर्नेछ। नर्वेको ओस्लोमा २३ मेमा हुने उक्त फाइनल बार्सिलोनाका लागि लगातार छैटौंपल्ट फाइनल हुनेछ। क्लबले यसअघि २०२१, २०२३ र २०२४ मा उपाधि जितिसकेको छ।

पहिलो खेल १–१ को बराबरीमा सकिएपछि दोस्रो खेलमा बार्सिलोनाले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्‍यो। खेलको १३औं मिनेटमा क्यारोलिन ग्राहम हान्सेनको क्रसमा साल्मा पारालुएलोले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्।

तर, १७औं मिनेटमै लिन्डा डाल्मानले गोल गर्दै बायर्नलाई खेलमा फर्काइन्। त्यसपछि २२औं मिनेटमा अलेक्सिया पुटेलासको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत हुँदा बार्सिलोना फेरि अघि बढ्यो।

दोस्रो हाफमा बार्सिलोनाले दबाब कायम राख्यो। ५४औं मिनेटमा इवा पायोरले उत्कृष्ट हेडमार्फत गोल गर्दै अग्रता बढाइन् भने ५८औं मिनेटमा पुटेलासले आफ्नो दोस्रो गोल गर्दै टोलीलाई मजबुत स्थितिमा पुर्‍याइन्।

७१औं मिनेटमा पेर्निल्ले हार्डरले गोल गर्दै बायर्नलाई केही आशा दिलाइन्। खेलको अन्तिम समयमा उनले अर्को गोल गरे पनि भिडियो सहायक निर्णायक (भीएआर) ले फाउल देखाउँदै उक्त गोल अस्वीकार गर्‍यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल