आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

पोखरा। नेपाल पुलिस क्लबले प्रथम पोखरा महिला गोल्डकपको उपाधि चुमेको छ ।
आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रतियोगिताको फाइनल खेलमा १० खेलाडीम सीमित त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
पोखरामै पहिलो पटक भएको महिला गोल्डकपको उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता आर्मीले ३ लाख रुपैया प्राप्त गरेको छ ।
पहिलो हाफमै १० खेलाडीमा सिमित आर्मीले पुलिसलाई निर्धारित समयसम्म गोलरहित बराबरीमै रोक्यो । २७औं मिनेटमा पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकि डिफेन्डर विमला विकले डि एरिया नजिक लडाएपछी रातो कार्ड पाएकी थिइन्।
पुलिसकी निर्मला सर्वोत्कृष्ट
विधागत पुरस्कारतर्फ पनि पुलिसकै दबदबा रह्यो । पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै उत्कृष्ट गोलरक्षक पुलिसकी उषा नाथ रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् ।
रेखाले जारी प्रतियोगितामा कुला पाँच गोल गरिन् । पहिलो खेलमा आयोजक विरुद्ध उनले पाँच गोल गरेकी थिइन् । उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गरे । अनुसासित टिमको पुरस्कार आर एस पोखरा फुटबलले प्राप्त ग¥यो । तीन दिनसम्म चलेको प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा पुलिस, आर्मीसंगै संकटा र आयोजक आर.एस. पोखरा फुटबल क्लबको सहभागिता रहेको थियो ।









-1777808400835.jpeg&w=3840&q=75)


