अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

काठमाडौं। अचानक आर्सनलले इङ्ग्लिस प्रिमियर लिगको उपाधि दौडमा ६ अंकको अग्रता बनाएको छ। अब पालो म्यानचेस्टर सिटीको।
शनिबार भएको खेलमा आर्सनलले फुलह्यामलाई ३–० ले पराजित गर्दै उपाधि दौडको दबाब दोस्रो स्थानको सिटीमाथि सारेको हो। पछिल्ला केही सातामध्ये यो उनीहरूको सबैभन्दा प्रभावशाली प्रदर्शनमध्ये एक मानिएको छ।
सबै गोल पहिलो हाफमै भए। भिक्टर ग्योकेरेसले दुई गोल गरे भने अर्को गोलका लागि बुकायो साकालाई असिस्ट दिए। सिटीले अझै दुई खेल कम खेलेको छ।
पहिलो खेल सोमबार एभर्टनविरुद्ध खेल्नेछ। गोल अन्तरका हिसाबले पनि आर्सनल अगाडि छ। त्यो चार गोलको अग्रता अन्तिमसम्म निर्णायक बन्न सक्छ।
आर्सनलका अब तीन खेल बाँकी छन्। आर्सनलले वेस्ट ह्यामसँग अवे, बर्न्लीसँग घरेलु र क्रिस्टल प्यालेससँग अवे खेल खेल्नेछ। कागजमा हेर्दा यो सिटीको तुलनामा सजिलो तालिका मानिएको छ।
ग्योकेरेसले भने,‘हामीले विश्वास गर्न कहिल्यै छोडेनौं र अब पनि छोड्ने छैनौं।’ १० दिनअघि मात्र सिटीले आर्सनललाई शीर्ष स्थानबाट हटाउँदै उपाधिको प्रमुख दाबेदार बनेको थियो।
प्रशिक्षक पेप ग्वार्डिओलाको टोली त्यसयता लिगमा खेलेको छैन। अहिले लय फेरि आर्सनलतर्फ फर्किएको देखिन्छ। न्यूक्यासलमाथि जितपछि फुलह्यामविरुद्धको प्रदर्शनले पनि आर्सनललाई बलियो बनाएको छ।
६ हप्तापछि एकिलिस चोटबाट फर्किएका साकाले नवौं मिनेटमा ग्योकेरेसका लागि गोलको अवसर सिर्जना गरे। त्यसपछि ४०औं मिनेटमा ग्योकेरेसले साकालाई पास दिँदै गोल गराए।
पहिलो हाफको इन्जुरी समयमा लेआन्ड्रो ट्रोसार्डको क्रसमा हेडमार्फत गोल गर्दै ग्योकेरेसले आफ्नो दोस्रो तथा सिजनको सबै प्रतियोगितामा २१औं गोल पूरा गरे।











-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)