सानदार लयमा एट्लेटिको

काठमाडौं। आर्सनलसँगको महत्त्वपूर्ण खेलअघि एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियालाई २–० ले पराजित गरेको छ।
मुख्य खेलाडीहरूलाई विश्राम दिँदै मैदान उत्रिएको एट्लेटिकोले डेब्यु गरेका दुई खेलाडीको गोलमा जित निकालेको हो। इकर लुके र मिगुएल कुबोले दोस्रो हाफमा क्रमशः ७३औं र ८२औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। खेल मेस्ताल्या स्टेडियममा भएको थियो।
जुलियन अल्भारेज, अलेक्जान्डर सोर्लोथ र जुलियानो सिमियोनेजस्ता खेलाडीहरूलाई टोलीमा समावेश गरिएको थिएन। यी खेलाडीहरूले आर्सनलसँग भएको पहिलो लेगको १–१ को बराबरी खेलमा सानो चोट (निगल्स) बोकेका कारण विश्राम पाएका थिए।
एट्लेटिको अब मंगलबार लन्डन पुगेर च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा आर्सनलसँग भिड्नेछ। प्रशिक्षक डिएगो सिमियोनेले भ्यालेन्सियाविरुद्धको खेलका लागि ९ जना युथ टिमका खेलाडीहरूलाई अवसर दिएका थिए।
पहिलो हाफमा एट्लेटिकोका डिफेन्डर नाहुएल मोलिनाले मिडफिल्ड नजिकबाट प्रहार गरेको शक्तिशाली शट पोस्टमा लाग्दै फर्किएको थियो, जुन सिजनकै उत्कृष्ट गोलमध्ये एक हुन सक्थ्यो।
यस जितसँगै एट्लेटिको चौथो स्थानमा कायम रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्यतर्फ अघि बढिरहेको छ। भ्यालेन्सिया भने १३औं स्थानमा रहेको छ र अझै पनि रेलिगेसनको खतरा कायमै छ।











-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)