कोहलपुर गोल्डकप आजदेखि, दर्शकलाई निशुल्क प्रवेश

बाँके । चौथों संस्करणको कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता आज शनिबारबाट बाँकेको कोहलपुरमा सुरु हुदैछ ।
कोहलपुरको तेह्रबिघा फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगिता बैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा रेसिङ साहारा क्लब कोहलपुर र पञ्जकोशी युथ क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
प्रतियोगिता हेर्न दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा रेसिङ साहारा सहित पञ्जकोशी, लालिगुरासँ एसोसियसन पोखरा, सातदोबाटो युथ क्लब काठमाडौं, जस्ट जोन एफसी नाईजेरिया, रोयल फुटबल क्लब कर्णाली प्रदेश, नेपाल पुलिस क्लब काठमाडौं, राईजिङ स्टार क्लब नवलपुरले सहभागीता जनाएका छन् ।
प्रतियोगिताका संयोजक कर्ण बस्नेतले चौथों संस्करण सम्म आईपुग्दा दर्शकलाई प्यारापिटमा बसेर खेल हेर्न मिल्ने व्यवस्था गर्न सकिएको बताए । उनले प्रतियोगिताको चौथों संस्करणलाई भब्य र व्यवस्थित बनाउन आयोजक कमिटीले मेहनत गरेको बताए ।
रेसिङ सहारा क्लब कोहलपुरले आयोजना गरेको प्रतियोगिता पश्चिम नेपालको लोकप्रिय फुटबल कार्यक्रमको रुपमा स्थापित बनेको क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले बताएका छन् ।









-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)
