प्लेबक्स र कीर्तिपुरको जित
बुधबार, १८ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार प्लेबक्स एरेना र कीर्तिपुर विजयी भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा प्लेबक्सले रोएललाई ८८–७२ ले पराजित गरेको हो। प्लेबक्सले रोएलविरुद्ध १९–१०, २४–२०, २०–१७, २५–२५ को प्रदर्शन गर्यो।
प्लेबक्सका आङ फुर्बा शेर्पा ‘म्यान अफ दी म्याच’ घोषित भए। प्लेबक्सका पुस्कल छन्त्याल ३२ अंक जोडे। दोस्रो जित हात पारेको प्लेबक्स १२ खेलबाट १४ अंकसहित छैटौं स्थानमा छ। ११औं हार बेहोरेको रोएलको १३ अंक छ।
यस्तै, बुधबार राति सम्पन्न खेलमा कीर्तिपुरले सोलो बास्केटबल क्लबलाई ८८–६७ ले हरायो। कीर्तिपुरका ईनाम महर्जन ‘म्यान अफ दी म्याच’ घोषित भए।
कीर्तिपुरको यो तेस्रो जित हो। १२ खेलबाट १५ अंक जोडेको कीर्तिपुर पाँचौं स्थानमा छ।






-1774194974029.jpeg&w=3840&q=75)








-1775010144838.webp&w=3840&q=75)