शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Bhat Bhateni Supermarket Ad

सारा नेपालीलाई सम्झिएर रुन पुगे : सावित्रा भण्डारी (अन्तरवार्ता)

मंगलबार, २९ माघ २०७५खेलपाटी संवाददाता
सारा नेपालीलाई सम्झिएर रुन पुगे : सावित्रा भण्डारी (अन्तरवार्ता)
mustang rice ad

‘जसो गर जे भन जता सुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो ..........’

१९७४ एडीको यो गित फेरी एक पटक भारतको उडिसास्थित भुनवेश्वरमा गुन्जियो । नेपाली महिला टिमले कालिङ्गा रंगशालामा ईतिहास रच्यो । चीरप्रतिद्वन्दी भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले ऐतिहासिक जित आत्मसाथ गरेको थियो ।

जब खेल सकियो, खेलाडीहरु ड्रेसिङ रुममा फर्किए । अनि बेहोसी पारामा घन्काए, १९७४ एडीको सोही गित ।

नेपालले भारतविरुद्व ऐतिहासिक जित दर्ता गर्दा भुवनेश्वरको कालिङ्गा रंगशाला एकपटकका लागि साक्षी बस्यो । दक्षिण एसियाली फुटबलमा भारतको एकछत्र दबदबालाई नेपालले भुवनेश्वरमा तोडेको हो । नेपालले प्राप्त गरेको जितमा एक खेलाडी नायक रहिन् । सावित्रा भण्डारी अर्थात 'साम्बा' ।

सुरुवातमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै उनले नेपालको जितमा नायकत्व प्रर्दशन गरिन् । उनै सावित्रा खेल सकिए लगत्तै गहभरी आँशु लिएर मैदानबाट बाहिरिन् ।
दक्षिण एसियाली महिला फुटबलकी उत्कृष्ट स्ट्राईकर मध्यकी एक उनै सावित्रा भण्डारीसंग खेल सकिए लगत्तै हामीले कुराकानी गरेका थियाै । जसको सम्पादित अंश :

कस्तो रह्यो भारतविरुद्वको नेपालको प्रर्दशन ?

खेलको १० मिनेट अगाडीनै गोल निस्किन पुग्यो । हामीले पाएको अवसरलाई सदुपयोग गर्न सफल भयौ । त्यसपछि पाएको अवसर हामीले सदुपयोग गर्न सकेनौ ।
भारतले निकै खतरनाक आक्रमण बुनेको थियो ।

लामो लामो पास खेल्दै खेलमा दबाब सिर्जना गर्न खोजेका थिए । हाम्रो डिफेन्डसले राम्रो खेल्यौ । हामीले रोक्न सफल भयौ । एक हिसाबले टिम गेम खेल्यौ । जित्ने लक्ष्यका साथ मैदान उत्रिएका थियौ । सोचेको भन्दा राम्रो प्रर्दशन भयो । हामीमा भारतविरुद्व जितको भोक थियो । त्यसलाई हामीले मैदानमा देखायो । हामी खुसी छौ ।

खेल सकिए लगत्तै तपाई मैदानमै रुनु भयो, किन ?

खेल सकिएपछि खुसीको आँशु थाम्न सकिन । त्यही भएर रोए । नेपालका लागि ईतिहास रचेका थियौ । हामी सधै उनीहरुसंग हार्दै आएका थियौ । सधै डोमिनेट भएर खेल्न परेको थियो ।

तर उनीहरुको मैदानमा भारतलाई हराउँन पाउदाँ छुट्टै आभाष भएको छ । सारा नेपालीलाई सम्झिएर रुन पुगे ।

सुरुमै दुई गोल निस्किएला भन्ने लागेको थियो ?

प्रशिक्षकले जसरी हामीलाई प्रोत्साहीत गर्नुभएको थियो, त्यसले हामीलाई सहज भयो । हामी सधै दबिएको अवस्था थियो । म भारतविरुद्वको खेलमा निकै केन्द्रित थिए । गम्भिर पनि थिए ।

नेपालीलाई जसरी हुन्छ खुसी दिलाउनुपर्छ भन्ने पक्षमा थिए । आम नेपालीलाई खुसी दिलाउने पक्षमा थिए । प्रशिक्षकले भन्नुभएको थियो, यो ईतिहास रच्ने दिन हो भनेर, यो दिन फर्किएर आउदैन भनेर ।

सुरुवाती ५ देखि १० मिनेटमा जसरी गोल सम्भव भयो, त्यसले हामीलाई अझ सहज बनायो । त्यसपछि खेल्न सहज भयो भन्ने लाग्छ ।

भारतविरुद्वको नतिजाले साफमा नेपाली टिमको मनोबल कस्तो रहन्छ ?

जितले खेलाडीलाई थप उर्जा दिएको छ । अब साफ जित्छौ भन्ने पुरा विश्वास आएको छ ।

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bajaj Pulsar Motorcycle Ad
आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते