बुधबार, १७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

मंगलबार, ०३ चैत्र २०८२खेलपाटी संवाददाता
अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी
Loading ad...
mustang rice ad

काठमाडौं। ब्राजिल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले ब्राजिलियन फुटबल महासंघ (सीबीएफ) आफ्नो सम्झौता सन् २०३० को विश्वकपसम्म बढाउने तयारीमा रहेको बताएका छन्।

६६ वर्षका इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टीले गत वर्ष मे महिनामा ब्राजिलको प्रशिक्षक पद सम्हालेका थिए। उनको सुरुआती सम्झौता सन् २०२६ को विश्वकपसम्मका लागि थियो।

विभिन्न अन्तर्वार्तामा उनले आफू चार वर्षको विश्वकप चक्रसम्म ब्राजिलसँग काम गर्न चाहेको बताएका थिए। सोमबार उनले आफू र सीबीएफ दुवैलाई सम्झौता थप्ने विषयमा कुनै समस्या नभएको बताएका छन्।

एन्सेलोट्टीले कमजोर प्रदर्शनपछि बर्खास्त गरिएका पूर्वप्रशिक्षक डोरिभाल जुनियरको स्थान लिएका थिए। त्यसपछि उनले छिट्टै टोलीलाई विश्वकप छनोट प्रतियोगिताका लागि तयार पार्नुपरेको थियो। उनको नेतृत्वमा ब्राजिलले हालसम्म १४ खेल जितेको, १० खेल बराबरी खेलेको र ९ खेल हारेको छ।

रियो दि जेनेरियोस्थित सीबीएफ मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एन्सेलोट्टीले भने,‘जब दुई पक्षले सँगै अघि बढ्न चाहन्छन् भने समस्या हुँदैन। अर्को विश्वकप अघि वा पछि हामी यो सम्झौता औपचारिक रूपमा बढाउनेछौं।’

उनी त्यहाँ यस महिनामा फ्रान्स र क्रोएसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्न पुगेका थिए।

एसी मिलान र रियल मड्रिडका पूर्वप्रशिक्षक एन्सेलोट्टी पाँच पटक च्याम्पियन्स लिग जितेका प्रशिक्षक पनि हुन्। उनले ठट्टा गर्दै सीबीएफका पदाधिकारीसँग सम्झौता चाँडै बढाउँदा फाइदा हुने कुरा बताएका थिए।

उनले भने,‘विश्वकप अघि सम्झौता बढाउँदा सस्तो पर्छ, त्यसपछि भने महँगो पर्छ। म धेरै आत्मविश्वासी छु।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

Loading ad...
xTreme Energy Drink
पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालको मध्यम लक्ष्य

नेपालको मध्यम लक्ष्य

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

रुडिगरले लिए सन्न्यास

रुडिगरले लिए सन्न्यास

साबिक विजेता सलहेश फाइनलमा

साबिक विजेता सलहेश फाइनलमा