सोमबार, ०२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मौकामा चम्किन सक्दैनन् नेयमार

सोमबार, ०२ चैत्र २०८२खेलपाटी संवाददाता
मौकामा चम्किन सक्दैनन् नेयमार
Loading ad...
mustang rice ad

काठमाडौं। नेयमारको आगामी विश्वकप खेल्ने आशा अझ संकुचित भएको छ।

आइतबार ब्राजिलियन लिगमा सान्तोसले घरेलु मैदानमा कोरिन्थियन्ससँग १–१ को बराबरी खेलेको थियो। उक्त खेलमा उनको प्रदर्शन कमजोर देखिएपछि उनको विश्वकप यात्रामा अनिश्चितता बढेको हो।

यो खेल ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले सोमबार दुई महत्त्वपूर्ण मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गर्नुअघि नेयमारले खेलेको अन्तिम खेल थियो।

नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता खेलाडी हुन्। उनले ब्राजिलका लागि ७९ गोल गरेका छन्। संयुक्त राज्य अमेरिका मा हुने फ्रान्स र क्रोएसियाविरुद्धका ब्राजिलका मैत्रीपूर्ण खेलहरू मे महिनामा घोषणा हुने विश्वकपको अन्तिम टोली छनोटअघि हुने अन्तिम दुई खेल हुनेछन्।

विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ। ३४ वर्षीय नेयमारले कोरिन्थियन्सविरुद्धको खेलअघि ब्राजिलका प्रशिक्षक उपस्थित भएको अर्को खेल भने गुमाएका थिए।

आइतबार भिला बेल्मिरो स्टेडियममा भएको खेलको १९औं मिनेटमा कोरिन्थियन्सका मेम्फिस डेपाएले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, चार मिनेटपछि सान्तोसका गाब्रिएल बार्बोसाले बराबरी गोल गरे।

नेयमारको सबैभन्दा राम्रो अवसर दोस्रो हाफमा आएको हेडर थियो, जुन निकै नजिकबाट बाहिरिएको थियो। खेलभर उनले ड्रिब्लिङमा संघर्ष गरे र गोलतर्फ एकपटक पनि सट गर्न सकेनन्।

ब्राजिल फुटबल महासंघका दुई कर्मचारी पनि सान्तोसमा भएको यो खेल हेर्न उपस्थित थिए। खेलपछि निराश देखिएका नेयमारले पत्रकारहरूसँग भने,‘म फेरि राष्ट्रिय टोलीमा फर्केर विश्वकप खेल्न चाहन्छु, तर त्यो मेरो हातमा छैन। म त्यहाँ भए पनि नभए पनि सधैं ब्राजिललाई समर्थन गर्नेछु।’

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले आफूले विश्वकपका लागि १०० प्रतिशत फिट खेलाडीहरू मात्रै लैजाने बताएका छन्। उनले केही खेलाडीलाई परीक्षणको आवश्यकता नभएको पनि संकेत गरेका छन्। यसलर् आगामी दुई मैत्रीपूर्ण खेलका लागि नेयमार छनोट नभए पनि उनको विश्वकप टोलीमा पर्ने आशा अझै बाँकी छ।

नेयमारले सन् २०२३ को अक्टोबरमा एसीएल चोट बोकेका थिए। त्यसपछि डिसेम्बरमा घुँडाको अर्को शल्यक्रिया गराएका थिए। यस वर्ष उनले सान्तोसका लागि १० भन्दा कम खेल खेलेका छन्। तर, केही खेलमा उनले अझै पनि आफ्नो क्षमता देखाएका छन्।

फेब्रुअरीमा उनले भास्को दा गामाविरुद्ध २–१ को जितमा दुई गोल गर्दै सान्तोस क्लबका सर्वकालीन शीर्ष गोलकर्ताहरूको सूचीको शीर्ष १० मा प्रवेश गरेका थिए।

नेयमारका समर्थकहरू भने मंगलबार मिरासोलविरुद्धको ब्राजिलियन लिग खेल उनले नखेलेको निर्णयले उनको लगातार चौथो विश्वकप खेल्ने सम्भावना कमजोर भएको भन्दै चिन्तित छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रशिक्षक एन्सेलोटीलाई जोसे मारिया दे क्याम्पोस माया स्टेडियममा हुने उक्त खेलमा नेयमार नखेल्ने जानकारी खेल सुरु हुनुभन्दा केही घण्टा अघि मात्र दिइएको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

फिलिपिन्सलाई आधा दर्जन गोल गर्दै जापान सेमिफाइनलमा

राखेपको निर्देशन लत्याउँदै एन्फा

राखेपको निर्देशन लत्याउँदै एन्फा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा