मनाङसँग हार्यो चित्लाङ
मंगलबार, २६ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा चित्लाङ एफसीलाई हराएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मनाङले चित्लाङविरुद्ध २-० को जित निकालेको हो। मनाङको यो तेस्रो जित हो। लिगमा १० खेल खेलेको मनाङले १२ अंक जोडेको छ।
चित्लाङ भने पाँचौं यो हार हो। समान खेलबाट चित्लाङको भने ९ खेलबाट ७ अंक छ।
२३औं मिनेटमा गिडियोन नाह क्येरेमेहले पेनाल्टी बाहिरबाट गरेको लामो प्रहारलाई चित्लाङका गोलकिपर सन्तोष महतले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे। ४९औं मिनेटमा शैरभ तामाङको गोलमा मनाङले खेलमा अग्रता लियो।
दोस्रो हाफको इन्जुरी समयमा सुमित मल्लले गोल गर्दै मनाङलाई २-० को सहज जित दिलाए।












