नेयमारलाई अन्तिम मौका

काठमाडौं। हाल नेयमार सान्तोस क्लबबाट खेलिरहेका छन्। तर, ब्राजिलको अन्तिम टोली अझै घोषणा गरिएको छैन।
आगामी केही दिनभित्र ब्राजिलले आफ्नो अन्तिम टोली सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। त्यसपछि मात्रै नेयमार अन्तिम टोलीमा रहने वा नरहने निश्चित हुनेछ।
यसैबीच ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी नेयमारको प्रदर्शन प्रत्यक्ष रूपमा हेर्न सान्तोसको आगामी खेल मैदानमै बसेर हेर्ने तयारीमा छन्। यसबाट नेयमारको हालको फिटनेस र फर्मबारे कोचिङ स्टाफले विशेष ध्यान दिएको बुझिन्छ।
लामो समय चोटका कारण नेयमारले पछिल्ला केही महिनामा धेरै खेल खेल्न सकेका थिएनन्। अहिले उनी बिस्तारै निको हुँदै पुनः आफ्नो उत्कृष्ट लयमा फर्कने प्रयासमा छन्।
विश्वकपअघि हुने यी मैत्रीपूर्ण खेलहरू ब्राजिल टोलीका लागि अन्तिम अन्तर्राष्ट्रिय तालिका हुनेछन्। त्यसैले प्रशिक्षक कार्लो र उनको कोचिङ टोलीका लागि खेलाडीहरूलाई अन्तिम पटक मूल्याङ्कन गर्ने महत्त्वपूर्ण अवसर हुनेछ।
यसैबीच ब्राजिलको प्रारम्भिक टोलीमा युवा प्रतिभा एन्ड्रिक पनि समावेश भएका छन्। जनवरीमा फ्रान्सेली क्लब ओलम्पिक लियोनमा आबद्ध भएपछि उनको प्रदर्शनमाथि राष्ट्रिय टोलीको कोचिङ स्टाफले नजिकबाट निगरानी गरिरहेको छ।
फ्रान्सेली फुटबलमा छिट्टै घुलमिल भएका युवा फरवार्ड एन्ड्रिकले लियोनबाट खेलेका १० खेलमा ५ गोल र ३ असिस्ट गरिसकेका छन्। उनको वर्तमान प्रदर्शनलाई हेर्दा विश्वकपको अन्तिम टोलीमा स्थान बनाउने सम्भावना उच्च रहेको अनुमान गरिएको छ।









-1773053712375.png&w=3840&q=75)


