रोड्रिगोलाई पुरानै चोटले चेप्यो

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिडका ब्राजिली विंगर रोड्रिगोले यो सिजन गुमाउने भएका छन्।
उनी ला लिगाअन्तर्गत गेटाफेविरुद्धको खेलमा घाइते भएका रोड्रिगो तीन वर्षदेखि आंशिक एसीएल (एन्टेरियर क्रुसिएट लिगामेन्ट) च्यातिएको अवस्थामै खेलिरहेको तथ्य सार्वजनिक भएको छ।
क्लब र राष्ट्रिय टोलीबाट नियमित खेल्नका लागि उनले शल्यक्रिया नगरी रक्षात्मक उपचार र रोकथाममुखी फिजियोथेरापी रोजेका थिए। तर, अहिले २५ वर्षीय स्टारलाई लामो र कठिन पुनर्स्थापना प्रक्रियाबाट गुज्रिनुपर्ने भएको छ।
पुरानै लिगामेन्ट कमजोर
सोमबार गेटाफेविरुद्ध १–० ले पराजित भएको खेलमा रोड्रिगो अचानक पीडाले मैदानमा लडेका थिए। मेडिकल परीक्षणपछि उनको दायाँ घुँडाको एसीएल र लेटरल मेनिस्कस दुवै च्यातिएको पुष्टि भएको थियोे।
रिपोर्टअनुसार, २०२३ मा ब्राजिलबाट अन्तर्राष्ट्रिय खेल खेल्दा पहिलो पटक सोही लिगामेन्टमा आंशिक च्यातिएको समस्या देखिएको थियो। त्यसबेला चिकित्सक टोलीले शल्यक्रियाको सट्टा कडा फिजियोथेरापी र जिम प्रशिक्षणमार्फत जोखिम कम गर्ने निर्णय गरेको थियो।
तर, फेब्रुअरीको सुरुवातमा ह्यामस्ट्रिङ टेन्डिनोसिसबाट निको भई मैदान फर्किएको पहिलो खेलमै उनको घुँडाले साथ छोड्यो।
भावुक सन्देश
इन्जुरी पुष्टि भएपछि रद्रिगोले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “यो मेरो जीवनकै सबैभन्दा खराब दिनमध्ये एक हो। यही चोटसँग म सधैं डराइरहेको थिएँ।”
उनले थपे, “सायद जीवन पछिल्लो समय मेरो लागि कठोर बनेको छ। यो म योग्य छु कि छैन, थाहा छैन। तर, गुनासो गर्ने ठाउँ पनि छैन, किनकि मैले जीवनमा धेरै सुन्दर अनुभव पाएको छु।”
उनका प्रतिनिधि फर्नान्डो टोरेसले भने प्रारम्भिक उपचार निर्णयको बचाउ गर्दै हरेक अवस्थामा ‘सबैभन्दा उपयुक्त समाधान’ अपनाइएको दाबी गरेका छन्। क्लब निकट स्रोतका अनुसार आंशिक एसीएल च्यातिएको अवस्थामा शल्यक्रिया नगर्नु सामान्य चिकित्सा अभ्यास हो, लापरवाही होइन।







-1772594181027.webp&w=3840&q=75)


-1772593857473.webp&w=3840&q=75)

