विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

काठमाडौं। फिफाले मेक्सिकोमा हुने प्लेअफ खेलका लागि टिकट बिक्री सुरु गरेको छ। यसबाट विश्वकपका अन्तिम दुई स्थान तय हुनेछन्।
ती टिकटको मूल्य १७ अमेरिकी डलरभन्दा कम राखिएको छ। यो यस वर्ष न्यू जर्सीमा हुने विश्वकप फाइनलका लागि तोकिएको ४,१८५ देखि ८,६८० डलरसम्मको मूल्यभन्दा निकै सस्तो हो।
फिफाले मंगलबार मार्च २६ र ३१ मा हुने खेलका लागि टिकट सार्वजनिक गरेको हो। यी खेलहरू ग्वाडालाजारा र मोन्टेरेमा हुनेछन्। यसमा बोलिभिया, कंगो, जमाइका, न्यू क्यालेडोनिया र सुरिनाम सहभागी हुनेछन्।
मार्च २६ का सेमिफाइनल खेलका लागि टिकट मूल्य २०० मेक्सिकन पेसो (करिब ११.३० डलर) तोकिएको छ भने मार्च ३१ का फाइनलका लागि ३०० पेसो (करिब १६.९५ डलर) राखिएको छ।
ग्वाडालाजारामा मार्च २६ मा जमाइकाले न्यू क्यालेडोनियासँग खेल्नेछ र त्यस खेलको विजेताले मार्च ३१ मा कंगोसँग विश्वकप स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।
यस्तै, मोन्टेरेमा मार्च २६ मा बोलिभियाले सुरिनामको सामना गर्नेछ र विजेता टोलीले पाँच दिनपछि इराकसँग खेल्नेछ।










-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)
