झन्डै चार वर्षपछि मैदान फर्किए डोना
आइतबार, १७ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। झन्डै चार वर्षपछि मिडफिल्डर डोना थापा फुटबलमा फर्किएका छन्।
उनलाई राष्ट्रिय लिग खेलिरहेको चित्लाङ एफसीले मैदान फर्काएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार चित्लाङले न्युरोड टिम (एनआरटी)सँग खेलेको थियो। २–१ ले पराजित भएको उक्त खेलमा डोना ८४औं मिनेटमा मैदान प्रवेश गरेका हुन्।
उनी चेतनकुमार थारुको स्थानमा मैदान प्रवेश गरेका थिए। उनले करिब १४ मिनेट मैदानमा बिताए।
डोनाले अन्तिमपल्ट ललितपुर सिटी एफसीबाट सन् २०२२ मा नेपाल सुपर लिग (एनएसएल) खेलेका थिए। अर्को संस्करणको अक्सनमा परे पनि कुनै टोलीले चासो नदिँदा उनी फुटबल त्यागेर ‘भ्लग र म्युजिक भिडियो’तर्फ लागेका थिए।
जारी लिगमा उनका भाइ एरोन थापा पनि चित्लाङबाटै खेलिरहेका छन्। चोटका कारण अघिल्लो खेल गुमाएका उनले एनआरटीविरुद्ध पूरा समय खेलेका थिए।





%20(1)-1772362880824.jpeg&w=3840&q=75)






-1772330907302.webp&w=3840&q=75)