कमजोर टोलीमाथि आर्मी एकपक्षीय
आइतबार, १७ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगमा सबैभन्दा कमजोर टोली नव जनजागृति युवा क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मीले नव जनजागृतिलाई ३–० ले पराजित गरेको हो। आर्मीको यो पाँचौं जित हो। लिगमा आर्मीले ८ खेल खेल्दै १७ अंक जोडेको छ।
नव जनजागृतिको भने यो आठौं हार हो। समान खेलबाट अंकविहीन बन्दै तालिकाको पुछारमा छ।
खेलको सुरुआतदेखि नै आक्रामक रहेको आर्मीसँग नव जनजागृतिले रक्षात्मक खेलेको थियो। नवौं मिनेटमा जर्जप्रिन्स कार्कीको गोलमा आर्मीले सुरुआती अग्रता लियो।
५४औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनायो। ७६औं मिनेटमा कुन्साङ लामाले गोल गर्दै आर्मीलाई सहज अवस्थामा पुर्याए।







-1772330907302.webp&w=3840&q=75)


-1772330189385.webp&w=3840&q=75)

