आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

यमलको अधूरो सपना पूरा

आइतबार, १७ फाल्गुण २०८२खेलपाटी संवाददाता
यमलको अधूरो सपना पूरा
Loading ad...
mustang rice ad

काठमाडौं। तीन वर्षअघि क्याटलान क्लब बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका लामिन यमलले विश्व फुटबलमा आफूलाई द्रुत गतिमा स्थापित गरेका छन्।

१५ वर्षको उमेरमै विश्वकै उत्कृष्ट क्लबमध्ये एकबाट डेब्यु गरेका यी विंगरले छोटो समयमै उत्कृष्ट खेलाडीहरूको पंक्तिमा स्थान बनाए। उनलाई लिओनल मेसीको उत्तराधिकारीका रूपमा हेरिँदै आएको छ।

पुरानै लयमा फर्किन संघर्षरत क्याटलान क्लबलाई पुनः गौरवपूर्ण स्थानमा पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन्। नियमित गोल र असिस्ट गर्दै आए पनि यमलको करिअरमा एउटा कुरा अधुरो थियो, ह्याट्रिक।

शनिबार त्यो अधुरो सपना पूरा भयो। यमलको करिअरकै पहिलो ह्याट्रिकको मद्दतले बार्सिलोनाले भिल्लारियललाई ४–१ ले पराजित गर्‍यो। बार्सिलोनाको अर्को गोल रोबर्ट लेवान्डोव्स्कीले गरे भने भिल्लारियलका लागि पापे गुएयेले एक गोल फर्काए।

यस जितसँगै बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँगको अंक दूरी ४ मा पुर्‍याएको छ। २६ खेलमा २१ जित र १ बराबरीसहित बार्सिलोनाको ६४ अंक पुगेको छ। २५ खेल खेलेको रियलको ६० अंक छ।

आगामी सोमबार (३ मार्च) रियलले घरेलु मैदानमा गेटाफेसँग खेल्नेछ। भिल्लारियल ५१ अंकसहित तेस्रो स्थानमा छ। खेलको २८औं मिनेटमा यमलले पहिलो गोल गरे। गुएयेबाट बल खोसेर फर्मिन लोपेजले दिएको पासलाई उनले बायाँ पोस्टभित्र सटिक प्रहार गर्दै जाली चुमाए।

त्यसको ९ मिनेटपछि उनले व्यक्तिगत कौशल प्रदर्शन गर्दै अग्रता दोब्बर पारे। दायाँ विंगबाट आएको लामो पास नियन्त्रणमा लिएर उनले सर्ही कार्डोना र आल्भारो मोलेइरोलाई छक्याउँदै सानदार कर्लिङ सटमार्फत बल जालीको माथिल्लो कुनामा पठाए।

४९औं मिनेटमा गुएयेले नजिकबाट गोल गर्दै अन्तर घटाए। तर, भिल्लारियलले बराबरीका अवसर गुमाउँदा ठूलो मूल्य चुकाउनुपर्‍यो। ६९औं मिनेटमा काउन्टर आक्रमणबाट यमलले आफ्नो ह्याट्रिक पूरा गरे।

आफ्नो दोस्रो गोलबारे उनले भने, ‘जब बल मेरो खुट्टामा हुन्छ, म कुन दिशामा जाने निर्णय गर्छु। डिफेन्डर एकातिर जान प्रतीक्षा गरें र म अर्कोतिर मोडिएँ।’

१८ वर्ष २३० दिनको उमेरमा उनले करिअरको पहिलो ह्याट्रिक गरे। स्पेनिस तथ्यांकअनुसार पछिल्ला ५९ वर्षयता ला लिगामा सबैभन्दा कम उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। समग्रमा ला लिगा इतिहासमा १९ वर्षभन्दा कम उमेरमा ह्याट्रिक गर्ने छैटौं खेलाडी हुन्।

यसअघि बार्सिलोनाबाट सबैभन्दा कम उमेरमा ह्याट्रिक गर्ने कीर्तिमान मेसीको नाममा थियो। उनले १९ वर्ष २५९ दिनको उमेरमा ह्याट्रिक गरेका थिए।

इन्जुरी समयको थप समयमा मैदान प्रवेश गरेका लेवान्डोव्स्कीले टोलीको चौथो गोल गरे। जुल्स कुन्डेको दायाँतर्फबाट आएको लो क्रसलाई उनले सजिलै ट्याप–इन गर्दै जालीमा पुर्‍याए।

खेलपछि यमलले व्यक्तिगत र टोलीगत सफलताप्रति खुशी व्यक्त गरे। उनले भने,‘भिल्लारियल निकै बलियो टोली हो, जो लिगमा तेस्रो स्थानमा छ। हाम्रो जित र मेरो गोलप्रति म धेरै खुसी छु।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

यमलको अधूरो सपना पूरा

यमलको अधूरो सपना पूरा

जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो