कमजोर टोलीमाथि पुलिसको गोल वर्षा
बिहिबार, १४ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। धीरेन्द्रबहादुर शाही र सञ्जीव लामाको उत्कृष्ट प्रदर्शनसँगै विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय लिगको १०औं स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा पुलिसले प्रतियोगिताकै कमजोर टोली नव जनजागृति युवा क्लबलाई ७–० ले पाखा लगाएको हो।
जितसँगै चार स्थान फड्को मारेको पुलिसले ७ खेलबाट ७ अंक पुर्याएको छ। पुलिसको यो दोस्रो जित हो। जनजागृति भने अंकविहीन रहँदै पुछारमा यथावत छ।
पुलिसका धीरेन्द्र र सञ्जीवले समान २ गोल गरे। दशरथ गिरी, भरत शाह र विजय उरावले १/१ गोल थपे।





-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)

-1772070961895.webp&w=3840&q=75)


