उपाधि रक्षामा फर्कियो पीएसजी
बिहिबार, १४ फाल्गुण २०८२खेलपाटी संवाददाता
-1772071473722.webp&w=3840&q=75)
काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले दोस्रो लेगमा सुरुआती झट्का बेहोरे पनि लगातार दोस्रो सिजन च्याम्पियन लिगको प्लेअफ पार गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको छ।
गत साता ३–२ को अग्रता जोगाउँदै मैदानमा उत्रिएको टोली पहिलो हाफको ४५औं मिनेटमा माघ्नेस अकलिउशको गोलबाट पछि परेको थियो। तर, ५८औं मिनेटमा मोनाकोका मामादु कुलिबाली रातो कार्ड पाएर मैदान बाहिरिएपछि खेलको गति पीएसजीतर्फ मोडियो।
त्यसपछि मार्किन्होस र ख्विचा क्वारात्स्खेलियाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। इन्जुरी समयको अन्त्यतिर जोर्डन तेजेले बराबरी गोल फर्काए पनि मोनाकोका लागि त्यो पर्याप्त भएन।
अब पीएजीले अर्को चरणमा बार्सिलोना वा चेल्सीमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।





-1772071766108.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)





