शीर्षस्थानमा फर्कियो एपीएफ
बुधबार, १३ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय लिगको शीर्षस्थानमा फर्किएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गरेको हो। एपीएफको यो छैठौं जित हो। जितसँगै एपीएफले ७ खेल खेल्दै १९ अंक जोडेको छ।
लिगमा मनाङको भने चौंथो हार हो। समान खेलबाट मनाङको ८ अंक रहेको छ। खेलको छैटौं मिनेटमा मनाङ मर्स्याङ्दीका सविन खड्काले पहेंलो कार्ड पाए। त्यस्तै २४औं मिनेटमा एपीएफका प्रदीप लामाले कर्नरबाट गरेको प्रहारलाई मनाङका गोलकिपर विशाल केसीले उत्कृष्ट बचाउ गर्दै टोलीको संकटलाई टारे।
३८औं मिनेटमा मनाङका विशेष लामाले गरेको प्रहार पोस्ट छेउ भएर बाहिरियो। ४२औं मिनेटमा प्रदीप लामाले एपीएफलाई सुरुआती अग्रता दिलाए।
७१ औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफको सहज जित पक्का गरे।











-1771987903946.webp&w=3840&q=75)
