बुधबार, १३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

बुधबार, १३ फाल्गुण २०८२खेलपाटी संवाददाता
 थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने
Loading ad...
mustang rice ad

काठमाडौं। थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अपिल कमिटीले ११ असार २०८२ मा ‘बी’ डिभिजनमा घटुवा गरेपछि थ्रीस्टार उच्च अदालत पाटन पुगेको थियो।

क्लबले १८ असारमा कमिटीको निर्णय अन्यायपूर्ण रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप), युवा तथा खेलकुद मन्त्रालय, एन्फा, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ , महासचिव किरण राई, सहमहासचिव दामोदर भट्टरार्इ बद्री, एन्फा अनुशासन समिति, पुनरावेदन समिति र एपीएफ क्लबलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दामा बुधबार श्रीधराकुमारी पुडासैनी र कृष्ण मुरारी शिवाकोटीको इजालसले उत्प्रेषण जारी गरेको क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशी जानकारी दिए।

‘अनुसन्धान समिति र अपिल समितिको निर्णय खारेज भएको छ। योसँगै हाम्रो क्लब ए डिभिजनमा रहने निर्णय भएको छ,’ उनले खेलपाटीसँग भने।

२०७९ मा सम्पन्न ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै रेलिगेसन टारेको थियो। उक्त खेलमा तत्कालीन कप्तान विक्रम लामाले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक भनेको थियो। योसँगै गोलअन्तरले थ्रीस्टार अघि रहँदा विभागीय टोली एपीएफ रेलिगेसनमा परेको थियो।

लगत्तै एपीएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार खेलाउन नपाउने जिकिर गर्दै एन्फामा २०८० जेठ २८ गते उजुरी दिएको थियो। एपीएफले त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३–० को नतिजामा पराजित हुने नियमअनुसार कारबाही गर्नुपर्ने माग राखेको थियो।

उक्त उजुरीमाथि एन्फाको अनुशासन समितिले त्यसको केही महिनाअघि निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको पुष्टी गरेको थियो । तर, अवैधानिक अनुशासन समितिले थ्रीस्टार र सम्बन्धित खेलाडीलाई नगद जरिवानामात्र गरेर मात्रै छाडेको थियो।

अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्रीस्टार र एपीएफ दुवैले अपिल गरेका थिए। त्यो अपिलमाथि छानबिन गर्दै अपिल कमिटीले गत असार ५ गते अवैधानिक खेलाडी खेलाएबापत थ्रीस्टार उक्त खेलमा ३–० को नतिजामा पराजित हुने निर्णय गरेको थियो।

योसँगै ३ अंक गुमाएपछि थ्रीस्टार खुमलटारसँगै रेलिगेसनमा परेको थियो। एपीएफले भने ‘ए’ डिभिजन क्लबको हौसियत पुन: प्राप्त गरेको थियो। तर, दुई पक्षबीच भएको खेलमा खेलसँग सम्बन्धित नभएको एपीएफको उजुरीको आधारमा कारबाही गर्नु अन्यायपूर्ण व्यवहार रहेको थ्रीस्टारको जिकिर थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

थ्रीस्टार क्लब ‘ए’ डिभिजन लिगमै रहने

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

भगवतीले सातदोबाटोलाई बराबरीमा रोक्यो

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ यु-२० च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

फेरि नेपालले हङकङसँग नेपालले खेल्ने

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

रिंकु स्वदेश फर्किए

रिंकु स्वदेश फर्किए

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि