नेपालले पहिलो खेल भुटानसँग खेल्ने

फाइल तस्बिर
काठमाडौं। नेपालले साफ यु–२० च्याम्पियनसिप अभियान भुटानविरुद्धको खेलबाट सुरु गर्ने भएको छ।
प्रतियोगिता मार्च २३ देखि अप्रिल ३ सम्म माल्दिभ्सको मालेमा सञ्चालन हुनेछ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) का अनुसार समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल २३ मार्चमा भुटानसँग खेल्नेछ। उक्त खेल स्थानीय समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। नेपाल रहेको समूहमा भुटानसँगै माल्दिभ्स र श्रीलंका पनि छन्।
नेपालले दोस्रो खेल २५ मार्चमा श्रीलंकासँग तथा तेस्रो खेल २७ मार्चमा आयोजक माल्दिभ्ससँग खेल्नेछ। अर्को समूहमा साबिक विजेता भारतसँगै उपविजेता बंगलादेश तथा र पाकिस्तान छन्।। हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
नेपाल सुरुआती दुई संस्करणको विजेता टोली हो। नेपालले २०१५ र २०१७ मा भारत र बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो।
सन् २०२४ को फाइनलमा बंगलादेशसँग घरेलु मैदानमा ४–१ ले पराजित हुँदा नेपाल उपविजेता बनेको थियो।
भुटानले दुई र माल्दिभ्सले एकपल्ट तेस्रो स्थान हात पारेका छन्। श्रीलंकाले भने समूह चरण पार्न गर्न सकेको छैन।
भारतले सर्वाधिक चारपल्ट उपाधि जितेको छ। बंगलादेशले एकपल्ट उपाधि उचाल्दा चारपल्ट उपविजेतामा सीमित भएको छ। पाकिस्तान भने पहिलोपल्ट समूह चरण पार गर्ने लक्ष्यमा छ।






-1770087653546.webp&w=3840&q=75)
-1770083994940.webp&w=3840&q=75)
-1770033375229.jpg&w=3840&q=75)



