मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मंगलबार, २० माघ २०८२खेलपाटी संवाददाता
अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल
mustang rice ad

काठमाडौं। साउदी प्रो–लिगको बहुप्रतिक्षित भिडन्तमा अल–हिलालले घरेलु मैदानमा अल–अहलीसँग गोलरहित बराबरीमा चित्त बुझाउनुपरेको छ।

सोमबार भएको यस खेलसँगै अल–हिलालले पछिल्ला खेलहरूमा अंक गुमाउने क्रमलाई निरन्तरता दिएको छ। यो अल–हिलालको लगातार तेस्रो बराबरी हो। यद्यपि, टोली ४७ अंकसहित तालिकाको शीर्ष स्थानमै कायम छ।

तर, दोस्रो स्थानको अल–नासरमाथिको अग्रता घटेर मात्र एक अंकमा सीमित भएको छ। तेस्रो स्थानको अल–अहली अल–हिलालभन्दा तीन अंक पछाडि छ।

खेलको २१औं मिनेटमा सेर्गेई मिलिन्कोभिच–साभिचले फ्रिकिकमार्फत अग्रता दिलाउने नजिक पुगेका थिए। तर, उनको कर्लिङ प्रहार क्रसबारमाथिबाट बाहिर गयो।

अल–अहलीले खुला ठाउँबाट खासै अवसर सिर्जना गर्न नसके पनि ७६औं मिनेटमा कर्नरबाट रोजर इबान्येजले हेडरमार्फत लगभग अग्रता लिने अवस्था बनेको थियो। तर, बल पोस्टबाट अलिकति बाहिर गयो।

खेलको अन्तिम क्षणतिर सालिम अल–दावसारीले अल–हिलालका लागि निर्णायक गोल गरेका थिए। तर, भीएआर समीक्षापछि बिल्डअपमा माल्कम अफसाइडमा रहेको पुष्टि भएपछि गोल अमान्य गरियो।

इन्जुरी समयमा अल–अहलीका अली माजराशी रातो कार्ड पाउँदै मैदान बाहिरिएर टोली १० खेलाडीमा सीमित भएको थियो। तर, अल–अहलीले मजबुत रक्षात्मक खेल प्रदर्शन गर्दै उपाधि होडमा महत्त्वपूर्ण एक अंक सुरक्षित गर्‍यो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

Bajaj Pulsar Motorcycle Ad
 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

नेगी विश्व तेक्वान्दोबाट ‘बेस्ट कोच अफ द ईयर’

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

अल–नासरसँग दूरी घटाउँदै अल–हिलाल

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो