डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल
-1770007908441.webp&w=3840&q=75)
काठमाडौं। टोटनहमका स्ट्राइकर डोमिनिक सोलान्केले म्यानचेस्टर सिटीविरुद्ध गरेको अद्भुत ‘स्कर्पियन किक’ गोल यति प्रभावशाली रह्यो कि उनी खेलभरि स्टेडियमको ठूलो स्क्रिनमा देखाइने आफ्नै गोल हेर्नबाट आफूलाई रोक्न सकेनन्।
प्रिमियर लिगअन्तर्गत भएको खेलमा पछाडिबाट आएको क्रसलाई सोलान्केले क्षणभरमै प्रतिक्रिया जनाउँदै एडीको प्रयोग गरेर बललाई सिटीका गोलकिपर जियानलुइजी डोनारुम्माको टाउकोमाथिबाट जालीको कुनामा पुर्याए। उक्त गोलसँगै टोटनहमले पुनरागमन गर्दै खेल २–२ को बराबरीमा टुंग्यायो।
गोलपछि सोलान्केले भने,‘त्यो अवस्थामा केही नहुने जस्तो देखिएको थियो। त्यसैले ‘नथिङबाट समथिङ’ बनाउनुपर्यो। म त्यो गोल धेरैपटक हेर्नेछु।’
उनले थपे,‘खेलमा ध्यान केन्द्रित गर्न खोजिरहेको थिएँ। तर, हरेक पटक स्क्रिनमा गोल देखिँदा दर्शकको हुटिङ सुन्थें, त्यसैले नहेरी बस्न सकिनँ।’
सोलान्केको यो गोल सन् २०१७ जनवरी १ मा आर्सनलका ओलिभिए जिरूले प्रिमियर लिगमा गरेको प्रसिद्ध ‘स्कर्पियन’ शैलीको गोलसँग तुलना गरिएको छ। उक्त गोलले त्यस सिजनको उत्कृष्ट गोलका लागि फिफाको ‘पुस्कास अवार्ड’ जितेको थियो।








-1769997348347.webp&w=3840&q=75)


-1769996814257.webp&w=3840&q=75)
-1769996351090.webp&w=3840&q=75)
