संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी
बिहिबार, १५ माघ २०८२खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं। न्युरोड टिम (एनआरटी) राष्ट्रिय लिग फुटबल प्रतियोगिताको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमामा एनआरटीले संकटा फुटबल क्लबलाई ३–१ ले पराजित गरेको हो।
जितसँगै एनआरटीले ५ खेलबाट १२ अंक पुर्याएको छ। एक खेल कम खेलेका शीर्ष दुई क्लब एपीएफ र मच्छिन्द्रको पनि समान अंक छ।
संकटको भने यो दोस्रो हार हो। ५ खेलबाट ५ अंक जोडेको संकटा सातौं स्थानम छ।
१०औं मिनेटमा कप्तान कृतिशरत्न छुन्जुले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि ५१औं मिनेटमा वेन्डपाङ्गा गिल्बर्टको आत्मघाती गोलले एनआरटीको अग्रता अझ बलियो बन्यो।
६६औं मिनेटमा टिमोथी ओकेरेकेले तेस्रो गोल गर्दै संकटामाथि दबाब थपे।
संकटाका लागि ५५औं मिनेटमा कृष्णबहादुरले एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन।










-1769690582903.jpeg&w=3840&q=75)



