झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

काठमाडौं । नेपाल आर्मीका अर्जुन बुढा र नेपाल एपीएफ क्लबकी फुलमति राना दसौं झिल्टुङ क्रस कन्ट्री दौडमा स्वर्ण पदक हात पारेका छन् ।
शनिबार भएको प्रतियोगितामा खुल्लातर्फ १३ दशमलव ४ किलोमिटर दूरीको पुरुषमा अर्जुन र महिलामा फुलमति पहिलो भएका हुन् ।
अर्जुनले निर्धारित दूरी ५१ मिनेट ५७ दशमलव ८ सेकेन्डमा पूरा गरे । ताप्लेजुङका रमेश लिम्बू ५४ मिनेट २५ दशमलव २ सेकेन्ड दोश्रो तथा रुकुमका ठकेन्द्र शर्मा ५६ मिनेट २३ दशमलव ७ सकेन्ड तेश्रो भए । फुलमितिले निर्धारित दूरी तय गर्न १ घण्टा ८ मिनेट ५ सेकेन्ड समय खर्चिन् । आर्मीकी राज्यलक्ष्मी रावल १ घण्टा २१ मिनेट ८ सेकेन्ड दोश्रो तथा एपीएफकी सुशिला महत १ घण्टा ४० मिनेट ५ सेकेन्ड तेश्रो स्थानमा रहे ।
बेलकोटगढी नगरपालिका, नुवाकोटद्वारा आयोजित प्रतियोगिताको स्थानियको जुनियर यु–१६ छात्र ४ दशमलव ५ किलोमिटरमा आशिष तामाङ पहिलो, गुल्सन रोका मगर दोश्रो र मनीष तामाङ तेश्रो बने । सो स्पर्धाको छात्रामा सिलसिला कुँवरले स्वर्ण, सकिना तामाङले रजत र राइस्का सुवेदीले कांस्य जिते ।
स्थानियतर्फ भेट्रान ४५ वर्षमाथि पुरुष ४ दशमलव ५ किलोमिटरमा चन्द्रमान श्रेष्ठ श्रेष्ठ पहिलो, मिठु नेपाल दोश्रो र राजेन्द्रप्रसाद नेपाल तेश्रो भए ।
आमा समूहको ४ दशमलव ५ किलोमिटरमा सनिता श्रेष्ठ पहिलो, विमला श्रेष्ठ दोश्रो र भवानी लामिछाने तेश्रो भए । भेट्रान पुरुष खुलाको १३ दशमलव ४ किलोमिटरमा धर्म महर्जनले स्वर्ण, रेवतबहादुर दाहालले रजत र रामचन्द्र श्रेष्ठ तेश्रो भए ।
जुनियर यु–१८ छात्रको ४ दशमलव ५ किलोमिटरमा बादल कार्की प्रथम, सुशान्त लामिछाने द्वितीय र प्रवीण कार्की तृतीय भए । त्यसै स्पर्धाको छात्रामा प्रनिशा कार्की पहिलो, सर्मिला गोले दोश्रो र आयुष्मा आचार्य तेश्रो बने ।
स्थानियको पुरुष १३ दशमलव ४ किलोमिटर दूरीमा विमल थापा मगर पहिलो, अम्मर श्रेष्ठ दोश्रो र सुमन श्रेष्ठ तेश्रो भए ।
विजेतालाई निवर्तमान सांसद् विमला सुवेदी, बेलकोटगढकी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ, उपमेयर शिव दाहाल, बेलकोटगढी नगरपालिका वडा ५ का अध्यक्ष मदन भुजेल, दौडका परिकल्पनाकार मोहन नेपाल, एथलेटिक्स परिवार नेपालका अध्यक्ष समेत रहेका रेस डाइरेक्टर राजन खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
सबै दूरीको दौड बेलकोटगढी नगरपालिकास्थित कोल्पुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी कोल्पुटारमै आएर टुंगिएको थियो ।
बेलकोटगढी नगरपालिका वडा ५ को संयोजन तथा एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा भएको दौडमा ३ सय प्रतिस्पर्धी सहभागी थिए ।
















