बिहिबार, २८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण

शनिबार, १० माघ २०८२
झिल्टुङ क्रस कन्ट्रीमा अर्जुन र फुलमतिलाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल आर्मीका अर्जुन बुढा र नेपाल एपीएफ क्लबकी फुलमति राना दसौं झिल्टुङ क्रस कन्ट्री दौडमा स्वर्ण पदक हात पारेका छन् ।

शनिबार भएको प्रतियोगितामा खुल्लातर्फ १३ दशमलव ४ किलोमिटर दूरीको पुरुषमा अर्जुन र महिलामा फुलमति पहिलो भएका हुन् ।

अर्जुनले निर्धारित दूरी ५१ मिनेट ५७ दशमलव ८ सेकेन्डमा पूरा गरे । ताप्लेजुङका रमेश लिम्बू ५४ मिनेट २५ दशमलव २ सेकेन्ड दोश्रो तथा रुकुमका ठकेन्द्र शर्मा ५६ मिनेट २३ दशमलव ७ सकेन्ड तेश्रो भए । फुलमितिले निर्धारित दूरी तय गर्न १ घण्टा ८ मिनेट ५ सेकेन्ड समय खर्चिन् । आर्मीकी राज्यलक्ष्मी रावल १ घण्टा २१ मिनेट ८ सेकेन्ड दोश्रो तथा एपीएफकी सुशिला महत १ घण्टा ४० मिनेट ५ सेकेन्ड तेश्रो स्थानमा रहे ।

बेलकोटगढी नगरपालिका, नुवाकोटद्वारा आयोजित प्रतियोगिताको स्थानियको जुनियर यु–१६ छात्र ४ दशमलव ५ किलोमिटरमा आशिष तामाङ पहिलो, गुल्सन रोका मगर दोश्रो र मनीष तामाङ तेश्रो बने । सो स्पर्धाको छात्रामा सिलसिला कुँवरले स्वर्ण, सकिना तामाङले रजत र राइस्का सुवेदीले कांस्य जिते ।

स्थानियतर्फ भेट्रान ४५ वर्षमाथि पुरुष ४ दशमलव ५ किलोमिटरमा चन्द्रमान श्रेष्ठ श्रेष्ठ पहिलो, मिठु नेपाल दोश्रो र राजेन्द्रप्रसाद नेपाल तेश्रो भए ।

आमा समूहको ४ दशमलव ५ किलोमिटरमा सनिता श्रेष्ठ पहिलो, विमला श्रेष्ठ दोश्रो र भवानी लामिछाने तेश्रो भए । भेट्रान पुरुष खुलाको १३ दशमलव ४ किलोमिटरमा धर्म महर्जनले स्वर्ण, रेवतबहादुर दाहालले रजत र रामचन्द्र श्रेष्ठ तेश्रो भए ।

जुनियर यु–१८ छात्रको ४ दशमलव ५ किलोमिटरमा बादल कार्की प्रथम, सुशान्त लामिछाने द्वितीय र प्रवीण कार्की तृतीय भए । त्यसै स्पर्धाको छात्रामा प्रनिशा कार्की पहिलो, सर्मिला गोले दोश्रो र आयुष्मा आचार्य तेश्रो बने ।

स्थानियको पुरुष १३ दशमलव ४ किलोमिटर दूरीमा विमल थापा मगर पहिलो, अम्मर श्रेष्ठ दोश्रो र सुमन श्रेष्ठ तेश्रो भए ।

विजेतालाई निवर्तमान सांसद् विमला सुवेदी, बेलकोटगढकी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ, उपमेयर शिव दाहाल, बेलकोटगढी नगरपालिका वडा ५ का अध्यक्ष मदन भुजेल, दौडका परिकल्पनाकार मोहन नेपाल, एथलेटिक्स परिवार नेपालका अध्यक्ष समेत रहेका रेस डाइरेक्टर राजन खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

सबै दूरीको दौड बेलकोटगढी नगरपालिकास्थित कोल्पुटारबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी कोल्पुटारमै आएर टुंगिएको थियो ।

बेलकोटगढी नगरपालिका वडा ५ को संयोजन तथा एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा भएको दौडमा ३ सय प्रतिस्पर्धी सहभागी थिए ।

Loading ad...
LiNing Ad
#jhiltungrun#runnepal

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राज र सरस्वती तिलोत्तमा रनको विजेता

राज र सरस्वती तिलोत्तमा रनको विजेता

भोलि रुपन्देहीमा तिलोत्तमा रन

भोलि रुपन्देहीमा तिलोत्तमा रन

 धाविका बुढा सम्मानित

धाविका बुढा सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

जोगियो सातदोबाटो

जोगियो सातदोबाटो

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

वाल्करले लिए सन्न्यास

वाल्करले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत